IME Life New

बीमा धाकाधडीः पोलिसी म्याच्युरिटीका नाममा बीमितबाट करोडौँ ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा पोलिसी म्याच्युरिटीको बहानामा करोडौँ ठगी भएको घटना सार्वजनिक भएको छ। यो घटना भारतको हो। त्यहाँ एक गिरोहले बीमा पोलिसी म्याच्युरिटीको बहानामा विभिन्न मानिसबाट करोडौँ ठगी गरेको खुलेको छ।

भारत प्रहरीको विशेष सेलको आईएफएसओ इकाइले साइबर ठगहरुको ठूलो सिन्डिकेट पर्दाफास गरी सात आरोपीलाई पक्राउ गरेको छ। आरोपीहरुको पहिचान दिल्ली गोविन्दपुरनिवासी ३३ वर्षीय निशान्त कुमार, नजफगढनिवासी ३३ वर्षीय देवेन्द्र कुमार, शाहदरानिवासी २९ वर्षीय मनिष कुमार, गाजियाबादनिवासी ३२ वर्षीय अंकित गौर र ३३ वर्षीय सुनील यादव रहेका छन्।

Esewa
Crest

शास्त्रीनगर गाजियाबादनिवासी ३३ वर्षीय भूपेन्द्र कुमार, वसुन्धरानिवासी ३३ वर्षीय अष्टभुजेश पाण्डे, उत्तम नगर दिल्लीनिवासी हुन्। उनीहरु सबैले बीमा पोलिसी म्याच्युरिटीको बहानामा देशका विभिन्न स्थानमा बोलाएर ठगी गरेको आरोप छ। प्रहरीले हालसम्म १० जनाबाट करिब ६ करोड रुपैयाँ ठगी गरेको दाबी गरेको छ। अभियुक्तहरुबाट २० थान मोबाइल, ४ ल्यापटप, १ पेन ड्राइभ, पीडितको तथ्यांकसहितको कागजात बरामद गरिएको छ।

आइएफएसओका डीसीपी हेमन्तकुमार तिवारीका अनुसार ग्रीनपार्कका एक बीमितले बीमा पोलिसीको नाममा सरकारी अधिकारी भनी उक्त समूहले करिब ३.५ करोड रुपैयाँ ठगी गरेको गुनासो गरेका छन्। यो ठगी अप्रिल २०१८ देखि सुरु भएको हो। ठगीहरुले आफूलाई एनपीसीआई, आरबीआई, एसबीआईजस्ता एजेन्सीहरुका रुपमा चिनाउने गरेका थिए। उनीहरुले आफूहरु आईआरडीएआई (बीमा नियामक र विकास प्राधिकरण) बाट आएको दाबी पनि गरे। पीडितलाई मनाउन उनीहरुले नक्कली परिचयपत्र र आधार कार्ड समेत देखाए। उनीहरुले आश्वासन दिँदै पीडितले बीमा पोलिसीमा लगानी गरेको रकम अहिले कैयौँ गुणा बढेको र केही औपचारिकता पूरा गरेपछि फिर्ता लिन सकिने बताएका थिए।

यस विषयमा आईएफएसओले यही जनवरी ३ बाट सम्बन्धित खण्डमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ। बैंक विवरण लेनदेनको छानबिन, मोबाइल नम्बरहरुको विवरणहरुको अनुसन्धानका क्रममा प्रहरीले निशान्त कुमारलाई फेला पारेको थियो। जसले अर्को नाम राजेन्द्र प्रसाद प्रयोग गरिरहेको थियो।

डिजिटल फुटप्रिन्टका आधारमा उनलाई निशान्त कुमारीलाई पक्राउ गरिएको हो। उनको सूचनामा बाँकी ६ अभियुक्त पक्राउ परेका थिए।

सोधपुछका क्रममा उक्त सिन्डिकेटको मुख्य योजनाकार निशान्त कुमार रहेको खुलेको छ। उनले निर्माण विहारमा फ्ल्याट भाडामा लिएका थिए। पीडितको डाटा, मोबाइल फोन, सिम र बैंक खाता उपलब्ध गराउन प्रयोग गरिएको थियो। अभियुक्त देवेन्द्रले भने नक्कली कागजपत्र तयार गर्ने गर्दथे। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS