IME Life New

बीमा दोकानले ल्यायो ‘बीमा ईएमआई ’ सुविधा, बीमाको पहुँच बढ्ने विश्वास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत ६ वर्षदेखि बीमा क्षेत्रमा काम गर्दै आइरहेको संस्था ‘बीमा दोकान’ले बीमा गर्न चाहनेहरुका लागि ईएमआई सुविधा ल्याएको छ। संस्थाले बीमाको पहुँचमा नभएका व्यक्ति, परिवार र समुदायलाई बीमासँग जोड्न सकिन्छ भन्ने उद्देश्यले असार १ गतेबाट ईएमआई सुविधा ल्याएको हो। हाललाई संस्थाले उपत्यकाभित्रका जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सेवा प्रदान गर्ने गरी “ बीमाका लागी ईएमआई” भन्ने मूल नाराका साथ यस्तो सुविधा ल्याएको हो।

अब न्यून आय भएका र पिछडिएका समुदायले ईएमआई मार्फत बीमा गर्न सक्नेछन्। बीमा दोकानले नेपालमै पहिलोपटक बीमा क्षेत्रमा यो नयाँ योजना लिएर प्रस्तुत भएको हो। बीमा दोकानले ईएमआई सुविधासहित पार्टनर प्रोग्राम पनि ल्याएको छ। यस योजनाबाट बीमा गर्न वञ्चित वा बीमा गर्न नसकेका व्यक्तिका लागि बीमा गर्न सहज हुने विश्वास संस्थाले लिएको छ।

Esewa
Crest

पार्टनर प्रोग्रामअन्तर्गत के हो “बीडी पार्टनर”?
बीडी पार्टनर भनेको पोलिसी एड प्रालिको साना तथा मझौला व्यापारीलाई बीमामा सरल र सहज पहुँच बनाउन आवश्यकताअनुसार कर्जा सुविधा उपलब्ध गराउने एफिलिएट प्रोग्राम हो। जसअन्तर्गत हाललाई कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका लागि सेवा उपलब्ध गराएको छ। बीडी पार्टनर बनेर बनाएको टिमले गरेको एकपटकको कामको प्रतिफल १०औँ वर्षसम्म लिन सकिनेछ।

भिजन ( बीमालाई गाँस, बास र कपासपछिको आवश्यकताका रुपमा विकास गराउने ।
मिसन ( बीमा गर्नबाट वञ्चित रहेका वर्गलाई बीमाको दायरामा ल्याउने ।

बीडी पार्टनर अन्तर्गत ग्राहकले बीमाका लागि सहज पहुँच प्राप्त गर्न सक्नेछन्। बीमा क्षेत्रमा देखिएको विभिन्न कमी–कमजोरीलाई पनि यस योजनाले न्यूनीकरण गर्न मद्दत पुर्याउनेछ। बीमा जबरजस्ती नभई आवश्यकता र आम्दानी अनुरुप गर्नु नै बीमा दोकानको उद्देश्य हो।

कम्पनीले संस्थागत अभिकर्ता अन्तर्गत रही कार्य गर्दै आइरहेको छ। कम्पनीको मुख्य उद्देश्य भनेको बीमा क्षेत्रमा रहेको विभिन्न जानकारीलाई ग्राहक समक्ष सहज र सरल तरिकाले पुर्याउनु हो। त्यस्तै, स–सानो आम्दानी भएका व्यक्तिलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउनुका साथै बीमा सरेन्डर रेसियोलाई पनि न्यूनीकरण गर्न भूमिका निर्वाह गर्दै अगाडि बढ्ने मुख्य योजना रहेको छ। आगामी दिनमा सरल र सहज ढंगबाट बीमा पोलिसी सबैमाझ पुर्याउनुका साथै अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।

बीमा दोकानले भनेको छ, ‘सबैको साथ, सहयोग र मायाले आज यस स्थानमा आइपुगको छौँ। आगामी दिनमा पनि तपाइँहरुको माया पाइराख्ने छौँ भन्ने विश्वासका साथ हामीले बीमा क्षेत्रमा देखिएको कमी–कमजोरी र चुनौतीलाई केही हदसम्म कम गर्न ईएमआई सुविधा ल्याएको छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

83%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS