IME Life New

दावी भुक्तानी छरितो गर्नेबारे सुझाव पेश गर्न बीमा समितिद्वारा बीमक संघ र सर्भेयर संघलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले विद्यमान बीमा दावी भुक्तानी छरितो र सरल तरिकाले सम्पन्न गर्ने सम्बन्धमा सुझाव पेश गर्न नेपाल बीमक संघ र बीमा सर्भेयर संघ नेपाललाई निर्देशन दिएको छ । बीमा समितिमा दुवै पक्षसँग संयुक्त छलफलपछि बीमा समितिले सुझाव मागेको नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले बताए ।

आर्थिक वर्षको अन्तिम समय भएकोले बीमक संंघको बैठकमा छलफल गरेर मात्रै सुझाव पेश गरिने संघले जनाएको छ । त्यस्तै बीमा सर्भेयर संघ पनि यतिबेला अल्झिएका कामहरु सम्पन्न गर्न अभियानै चलाउने अवस्थामा रहेकोले आगामी साउनको पहिलो साता बीमा समिति समक्ष सुझाव पेश हुने भएको छ ।

Esewa
Crest

बीमा कम्पनीले दावी भुक्तानी नदिने र सर्भेयरले समयमा काम नगर्ने भन्ने नकारात्मक छाप परेकोले दावी भुक्तानी छिटो छरितो बनाउने सम्बन्धमा दुवै संघसँग सुझाव मागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS