IME Life New

बीमा दाबीको लोभमा आफ्नै सन्तानको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रौतहटमा पैसाको लोभमा बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन्। जीवन बीमा गरेबापतको २५ लाख रुपैयाँ पाइने लोभमा रौतहट मौलापुर नगरपालिका-६ पथरा बुधरामका रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्।

रौतहट प्रहरीका अनुसार रामकिशोरले असार १७ गते राति घरमा सुतिरहेकी छोरीको हत्या गरी शव पोखरीमा फालेको थियो । बालिका हराएपछि खोजी गर्दा नजिकैको पोखरीमा शव भेटिएको थियो । हत्या अनुसन्धानमा जुटेको प्रहरीले पक्राउ गरी शुक्रबार यादवलाई सार्वजनिक गरेको छ।

Esewa
Crest

बीमा गरेको एक महिना नबित्दै बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ । गत जेठ १९ गते यादवले प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा छोरीको लागि २५ लाखको बीमा गराएका थिए। एक महिनाभित्र बिमितको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने सुनेको आधारमा आफूले छोरीको हत्या गरेको उनले स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS