IME Life New

बीमा तालिम केन्द्रले सञ्चालन गरेको तालिममा ३२८ जनाको सहभागीता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बीमा तालिम केन्द्रले सञ्चालन गरेको तालिममा हालसम्म ३२८ जनाले सहभागीता जनाएका छन् । गत फागुनम हिनासम्ममा विभिन्न इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले केन्द्र सञ्चालन गरेको तालिममा सहभागीता जनाएको केन्द्र प्रमुख एवम् बीमा विज्ञ भोजराज शर्माले बताए ।

केन्द्रका अनुसार जीवन बीमा कम्पनीहरुबाट १ सय २० जना सहभागी भएका छन् । निर्जिवन बीमा कम्पनीहरुबाट भने १ सय ६८ जना कर्मचारीहरुले तालिम लिई सकेका छन् ।

Crest

नेपालको बीमा क्षेत्रमा नयाँ कम्पनीहरु सञ्चालनमा आएपछि बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुलिएको हो । यही समस्यालाई सम्बोधन गर्न समितिले तालिम केन्द्रको स्थापना गरेको हो । केन्द्र बीमा समिति तथा कम्पनीहरुको पनि लगानी रहेको छ ।

सुरुका दिनमा बीमा समितिका ४६ जना कर्मचारी तालिममा सहभागी भएका थिए । यसै गरी राष्ट्रिय बीमा संस्थानबाट २२ जना कर्मचारीले सहभागीता जनाएका छन् । जीवन बीमाको कम्पनीहरु मार्फत सबैभन्दा धेरै तालिममा कर्मचारीलाई उपस्थित गराउने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । अजोड इन्स्योरेन्स कम्पनीका ५८ जना कर्मचारीहरुलाई तालिममा सहभागी भएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका ४८ जनाले सहभागीता जनाएका छन् भने नेको इन्स्योरेन्सका २३ जनाले सहभागीता जनाएका छन् ।

साथै बैंकका ३६ कर्मचारीले तालिममा सहभागीता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS