IME Life New

बीमा गर्ने व्यक्तिको पहिलो रोजाई राष्ट्रिय बीमा संस्थान : सुजित शाहको विचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमाको क्षेत्रमा छुट्टै पहिचान बोकेको राष्ट्रिय बीमा संस्थान २०२४ साल पौष १ गते स्थापना भई सोहि वर्षको फाल्गुन ११ गते बीमा व्यवसाय शुरु गरि आज ५६ औं वर्षमा प्रवेश गरेको छ । देशभरी छरिएर रहेका स-सानो संकलित रकमलाई बीमाको माध्यमबाट जोखिम बहन गरि पुँजी निर्माण गर्नमा ठुलो योगदान पुर्याउदै आइरहेको छ ।

जीवन बीमा गर्ने एकमात्र सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानमा नेपाल सरकारको २७.७८ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६।६७ प्रतिशत लगानी रहेको छ । बजारको माग, देशको आर्थिक अवस्था तथा जनताको आय स्तरलाई मध्यनजर गर्दै बिभिन्न प्रकारका बीमा योजनाहरु बिक्रि गर्दै आइरहेको बीमा संस्थान दाबी भुक्तानीको लागि अग्र पंक्तिमा रहेको छ ।
राष्ट्रिय बीमा संस्थानका सबल पक्षहरु
१. सरकारी स्वामित्वमा रहेको एकमात्र जीवन बीमा संस्थान
२. लोकसेवा आयोगद्वारा कर्मचारी भर्ना
३. बीमाको क्षेत्रमा गौरबमय इतिहास बोकेको
४. दक्ष कर्मचारीहरु भएको
५. नेपालको आर्थिक विकासमा योगदान पुर्याउदै आएको
६. नेपाल सरकार अन्तरगत पर्ने निजामती, शिक्षक, आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका राष्ट्रसेवक कर्मचारीहरुको बीमा भएको
७. सहज रुपमा दाबी भुक्तानी गर्दै आइरहेको
८. नाफामुलक भन्दा सेवामुलक तर्फ केन्द्रित
९. न्यून बीमाशुल्क र उच्च बोनस दर
१०. नेपालभरी सात वटै प्रदेशमा शाखा कार्यालय संचालनमा रहेको ।

Esewa
Crest

बीमाको क्षेत्रमा राष्ट्रिय बीमा संस्थानको भूमिका
नेपालमा बीमाको शुरुवात गर्ने पहिलो संस्थान रहेको यस संस्था अन्तरगत देशको अर्थतन्त्र र जनतालाई मध्यनजर गर्दै बीमाका विभिन्न योजनाहरु बिक्रि गर्दै आइरहेका छन् । प्रतिस्पर्धीको बजार र राजनीतिक अस्थिरताका कारण धेरै चुनौतिहरु सामना गर्दै बीमा संस्थानले नेपालको बीमा बजारमा एउटा अलग पहिचान बनाउन सफल भएको छ । व्यवस्थापकीय रुपमा दक्ष जनशक्ति रहेको संस्थानले सबै प्रक्रियाहरु पुरा गरी विधिवत रुपमा संचालनमा रहेको छ । बीमा कम्पनीहरु प्रायजसो शहर केन्द्रित भएकोले ग्रामिण भेगमा बीमा विस्तार बढाउन पर्ने स्थिति रहेको छ । राष्ट्रिय बीमा संस्थानले यसतर्फ ध्यान केन्द्रित गर्दै शाखा बिस्तारमा अग्रसर रहेको छ । नेपालमा बीमाको पहुच बिस्तारै बढ्दै गईरहेको छ ।
विगतको कमि कमजोरीहरुको समिक्षा गर्दै आगामी दिनमा धेरै कुराहरुमा सुधार गर्नु पर्ने चुनौती भए पनि राष्ट्रिय बीमा संस्थानको लागि अहिले पनि धेरै अवसरहरु रहेका छन् ।

१. नेपालमा बीमाको पहुच लगभग ३५ प्रतिशत जनतासमक्ष मात्र रहेकोले बाकी व्यक्तिलाई लक्षित गरी बीमाका योजनाहरु बिक्रि गर्न सकिने
२. नेपाल सरकारको आर्थिक बजेटमा बीमाको दायरा बढाउनु पर्ने प्राबधान रहेको
३. नयाँ(नयाँ प्रविधिको विकासले गर्दा कार्य संचालन गर्न सहज हुने
४. बजारको माग अनुसार विभिन्न प्रकारका बीमा योजनाहरु बिक्रि गर्न सक्ने
५. विभिन्न समुहका ग्राहकहरुलाई लक्षित गरी बीमाका योजनाहरु बिक्रि गर्न सकिने
मानिसको जीवनमा आइपर्ने अनिश्चिततालाई कसैले टार्न सक्दैन त्यहि भएर जीवन बीमा गरी भविष्यमा आइपर्ने जोखिमबाट बच्न यसले सुरक्षा कवचको रुपमा काम गर्दछ । राष्ट्रिय बीमा संस्थान एक विश्वसनीय जीवन बीमा गर्ने संस्था भएकोले संस्थानले एउटा छुट्टै पहिचान बनाएको छ ।
बीमाप्रति मानिसको विश्वसनीयता घट्दै गएपनि संस्थानले आफ्नो विश्वसनीयता कायम राख्न सफल भएको छ । अस्वस्थ प्रतिस्पर्धीको बजारमा संस्थानले आफ्नो गुणस्तरमा कुनै कमि कमजोरी हुन् दिएको छैन । सहज रुपमा दाबी भुक्तानी गर्दै आइरहेको संस्थानले जहिले पनि बीमितको हक हित र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

राष्ट्रिय बीमा संस्थानको आर्थिक अवस्था
आर्थिक रुपमा बीमा संस्थान निकै नै बलियो रहेको छ । लगभग ४६ अरबको जीवन बीमाकोष रहेको बीमा संस्थानमा सामुहिक र व्यक्तिगत गरेर लगभग ५ लाख ६० हजार सक्रिय बीमालेख रहेका छन् । दाबी भुक्तानीमा करिब ३ लाख ७० हजार बीमितालाई भुक्तानी दिइसकेको छ । दिर्घकालिन र अल्पकालिन लगानी तथा कर्जामा संस्थानले ४३ अर्ब लगानी गरेको छ । आवश्यक प्रक्रिया र मापदण्ड पुरा गरेको खण्डमा निवेदन पेश गरेकै दिनमा संस्थानबाट दाबी भुक्तानी लिन सकिन्छ । यसैगरी बीमालेख धितोमा २।५५ अर्ब कर्जा संस्थानले प्रदान गरेको छ । अहिले बैंकमा भएको तरलता अभावले गर्दा बीमितहरुको पहिलो रोजाईमा बीमालेख धितो कर्जा रहेका छन् । संस्थानले बीमितलाई कर्जा सुविधा एक दिनमै पर्वाह गर्दै आएको छ ।

राष्ट्रिय बीमा संस्थानले बीमितबाट प्राप्त रकम बिभिन्न माध्यमबाट लगानी गर्दै आइरहेको छ । मुख्य रुपमा जल बिद्युत्त आयोजना, नागरिक लगानी कोषमा र बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा, लगायत अन्य क्षेत्रमा लगानी गरेको छ । यसैगरी बीमा संस्थान आफ्नो लगानी सुरक्षित ठाउँमा गरेको हुनाले बित्तिय संकटबाट पूर्ण रुपमा सुरक्षित रहेको छ ।

बीमाको क्षेत्रमा चुनौती र यसको प्रभाव
बीमा बजारमा नियमनकारी निकायको नयाँ नयाँ निर्देशन बमोजिम यसले एउटा चुनौती थपेको छ । नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको नयाँ नियम अनुसार अभिकर्ताको इजाजतपत्र प्राप्त गर्नको लागि अनिवार्य रुपमा जीवन बीमा सम्बन्धि परिक्षा उर्तिण गर्नुपर्दछ । हुनत, बीमा क्षेत्रलाई अझ प्रभावकारी बनाउन प्राधिकरणबाट जारी नयाँ निर्देशन पक्कै पनि सराहनीय हो । साथै बीमा जागरण, बीमा सचेतना र बीमाकोक्षेत्रलाई अझ प्रभावकारी बनाउन नेपाल बीमा प्राधिकरणले अहम भूमिका खेल्नु पर्ने देखिन्छ ।

अन्त्यमा,
बीमा गराउँदा मुख्य रुपमा तिर्नुपर्ने बीमाशुल्क र पाउने बोनस दरमा विचार गर्नु पर्ने हुन्छ । न्यून बीमाशुल्क र बोनस दर बढी भएको कम्पनीमा मात्रै बीमा गराउँदा बीमितलाई फाइदा हुन्छ । साथै बीमा गर्ने कम्पनीको आर्थिक अवस्था र संस्थागत सुशासन पनि हेर्नु पर्दछ । यी सबै बिशेषताहरु हेर्दा राष्ट्रिय बीमा संस्थान अग्र पंकतिमा रहेको छ । त्यहि भएर बीमा गर्ने व्यक्तिको पहिलो रोजाई राष्ट्रिय बीमा संस्थान नै रहेको छ । नेपाल सरकारको स्वामित्व प्राप्त बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बीमा संस्थानको मूल भाव सहित बीमा गर्ने एकमात्र विश्वसनीय ठाउँ बीमा संस्थान नै रहेको पुष्टि हुन्छ ।

(शाह राष्ट्रिय बीमा संस्थानका सहायक व्यवस्थापक हुन् । यो उनको निजी विचार हो)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

सुजित प्रसाद शाह
LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS