IME Life New

बीमा क्षेत्रमा जनशक्ति उत्पादनका लागि गणित विज्ञान स्कुलको अर्को फड्को, मास्टर्समा डाटा साइन्सको पढाइ सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालय गणित विज्ञान स्कुल बल्खुमा यसै वर्षबाट स्नातकोत्तर तहमा   डाटा साइन्स  विषयको पढाइ शुरु भएको छ । विश्वमै उत्कृष्ठ कोर्षको रुपमा चिनिएको यो कोर्ष नेपालमा पहिलो पटक शुरुवात भएको हो । यो कोर्ष पुरा गरिसकेपछि डाटा एनालाइसिसको जनशक्ति नेपालमै उत्पादन हुनेछ ।

जसले सरकारी निजी इन्स्योरेन्स कम्पनी लगायत शेयर बजारको डाटा एनालाईसिस गरि ट्रेण्ड पत्ता लगाउन सहजै सक्ने छन् भने अर्को तिर विदेशमा पनि यो विषय अध्ययन गर्ने सजिलै काम पाउने विश्वविद्यालयको दाबी छ । प्राविधिक जनशक्तिको रुपमा उनिहरुले विदेशी मुद्रा हासिल गरि देशकै आर्थिक स्थिति मजबुत बनाउने छन् ।

Esewa
Crest

यो विषय पढ्नका लागि त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १५ वर्षे औपचारिक शिक्षा लिई स्नातक तहमा सिजिपिए २ वा दोस्रो श्रेणीमा पास हुनु पर्नेछ । त्यस्तै विए वा विएससीमा म्याथ वा तथ्याङ्कशास्त्र लिएर उत्तिर्ण भएको हुनु पर्नेछ । विइ वा विआईटी वा विसिए वा सो सरहको उपाधि लिएको हुनुपर्नेछ ।

२०७८ बैंशाख ९ गतेबाट अनलाइन मार्फत प्रवेश परिक्षाको आवेदन खुलाएकोमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण पहिले तोकिएको समयलाई परिमार्जन गर्दै साउन २२ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन २६ गतेसम्म आवेदन फारम लिएको थियो । प्रवेश परिक्षा साउन ३० गते सञ्चालन भएको थियो । जम्मा १४७ जनाले प्रवेश परिक्षा फाराम भरेकोमा १३६ जना विद्यार्थीहरु लिखित परिक्षाका लागि योग्य भएका थिए भने ११ जनाको आवेदन फाराम योग्यता नपुगेकाले रद्द गर्नुपर्यो ।

१२५ जना विद्यार्थीहरुले लिखित परिक्षामा सामेल भएकोमा १२३ जना विद्यार्थीहरुले न्युनतम ३५ प्रतिशत प्राप्ताङ्क प्राप्त गरि लिखित परिक्षा पास भएका थिए । जसमध्ये ४ जना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए । ११९ जना विद्यार्थिको लिखित ७० प्रतिशत प्रस्तुतिकरण तथा अन्तर्वार्ताको १५ प्रतिशत र शैक्षिक योग्याताको १५ प्रतिशत प्राप्ताङ्कलाई टेवुलेसन गरी योग्यता क्रम अनुसारको सूची निकालेको गणित विज्ञान स्कुलका कार्यक्रम संयोजक केशव राज फुलाराले जानकारी दिए ।

उनका अनुसार यो कोर्षको ३६ जनाको सिटमा ८० प्रतिशत खुल्ला र २० प्रतिशत समावेशीको लागि कोटा छुट्टाएको छ । समावेशी कोटामा भर्ना हुनको लागि त्रिवि नियमानुसारको योग्यता पुगेको हुनुपर्नेछ । भदौ एक गतेदेखि ८ गतेसम्म खुला कोटाको भर्ना र समावेशी कोटाको आवेदन पेश गर्नुपर्नेछ । रितपुर्वक आए नआएको आवेदन जाँच गरी भदौ ८ गते बेलुका प्रवेश परिक्षा समन्वय सिमितिको बैठक राखी सो विषयमा टुङ्गो लगाउनेछ । समावेशी कोटामा योग्य आवेदकहरु नपरे स्वतः ति कोटा खुल्ला सिटमा गई योग्यताक्रम अनुसार भर्ना प्रकृयाँ अगाडि बढाइनेछ ।

जम्मा ३६ जनाको सिटमा ११९ जना विद्यार्थी पास भएका थिए । नियम अनुसार जम्मा तीन जना विद्यार्थिलाई  छात्रबृत्ति प्रदान गरिनेछ । नेपालमा पहिलोचोटी भएकोले यो विषयको क्षेत्र निकै फराकिलोका साथै माग पनि उच्च हुनेमा गणित विज्ञान स्कुल ढुक्क रहेको छ । स्कोप देखेरै यति धेरै विद्यार्थिको आवेदन परेको हो ।

स्कुलले विगत चार वर्षदेखि विश्वमै अति माग भएको एक्चुअरी साईन्स विषयको स्नातक तहको पठन पाठन शुरु गरेको थियो । एउटा व्याच पास आउट भएको सो कोर्ष पढ्ने विद्यार्थीहरु नतिजा प्रकाशित हुनुपुर्व नै विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा कार्य गर्न शुरु गरिसकेका थिए । नेपालमा एक्चुरी अभावले वार्षिक साधारणसभा समायमा गर्न नसकेका बीमा कमपनीहरुलाई केहि वर्ष भित्रै ठुलो राहात हुनुको साथै एक्चुअरी रिपोर्टको लागि करोडौ रुपैया बाहिरिन रोकिनेछ । हाल आएफओए युके बाट २७ जना विद्यार्थीहरुले जाँच दिई एक देखि ५ विषय सम्म उत्तिर्ण भैइसकेका छन् भने २० जना नयाँ विद्यार्थीहरुले सेप्टेम्बरका लागि तयारी गर्दैछन् ।

एक्चुअरी साईन्सको अध्यापनको सफलता पछि स्कुलले डाटा साईन्स विषयको शुरुवात गरेकोमा यो कर्षको स्कोप एकदमै राम्रो र स्कुलबाट निस्केका पासआउटले देश विदेशमा काम गर्न सहजै सक्षम हुने कार्यक्रम संयोजक फुलारा दाबी गर्छन् ।

अहिले स्नातक तहमा एक्चुअरी विषयको पठन पाठन भइरहेको र यहि महिना भित्रै स्नातकोत्तर तहको डटा साइन्स विषयको शुरु हुने गरी प्रवेश परिक्षाको कार्य समाप्त भइसकेको छ भने आउने शैक्षिक सत्रबाट स्नातक तहमा डाटा साईन्स र स्नातकोत्तर तहमा फाइनान्सियल म्याथ वा एक्चुअरी साईन्स विषयको कोष संञ्चालन गर्ने स्कुलको लक्ष्य लिएको छ । स्कुललले बजारको प्रवृत्ती अन्तर्राष्ट्रिय क्षेत्रको अध्ययन गरेर रोजगारीमुलक कोर्ष सञ्चालनमा विशेष जोड दिने दाबी स्कुल प्रशासनको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS