IME Life New

बीमा क्षेत्रमा केही नयाँ देखिने गरी काम गर्नेछुः नवनियुक्त अध्यक्ष ओझा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आफ्नो ४ वर्षे कार्यकालमा बीमा क्षेत्रमा केही नयाँ देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त छन्।

प्राधिकरणको कार्यालयमा आजदेखि कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष ओझाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘सरकारले मलाई ४ वर्षको कार्यकाल नियुक्त गरेको छ। मेरो कार्यकालको अन्त्यसम्ममा बीमा क्षेत्रमा केही नयाँ देखिने गरी परिवर्तन हुनेछन् भन्ने म आश्वस्त पार्न चाहन्छु’, उनले भने, ‘मैले पेस गरेको कार्ययोजना र बीमा प्राधिकरणभित्र विगतदेखि चलिरहेका अभ्यास, यहाँको वर्तमान अवस्थालाई ध्यानमा राखेर कार्यान्वयनयोग्य योजना बनाएर पहिलो दिनदेखि नै अगाडि छौँ।’

Esewa
Crest

प्राधिकरणको टिमको विश्वाससँगै सपोर्ट लिएर सरकारले दिएको जिम्मेवार र ऐनले तोकेको मापदण्ड पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने ओझाले बताए। ‘यो जिम्मेवार अभूतपूर्व रहेको मैले महसुस गरेको छ’, उनले भने, ‘सरकारले पनि विश्वास गरेर एक युवालाई जिम्मेवारी दिएको छ। त्यसमा चुनौती पनि छन्। ती चुनौतीको सामना गर्न र युवापुस्ताप्रति सरकारले देखाएको भरोसालाई निराशामा परिणत हुन दिने छैन।’

वर्षौंदेखि बीमा प्राधिकरणले नियमनकारी भूमिका निर्वाह गर्दै आएको ओझाले बताए। ‘बीमा ऐन, नियमावली, कार्यविधि, निर्देशिका, निर्देशन, मापदण्ड बनेका छन्’, उनले भने, ‘थप असल अभ्यासको निरन्तरता र अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मासाथ गर्दै अगाडि बढ्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS