IME Life New

बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका विश्वका प्रख्यात १० बीमांकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा व्यवसायको क्षेत्रमा बीमांकीको महत्व निक्कै हुन्छ। बीमांकीले नै बीमकको भावी प्रतिफल र भावी दायीत्वको निर्धारण कार्यमा प्रत्यक्ष योगदान दिएका हुन्छ्न्। बीमकले बहन गरेको जोखिम तथा दायीत्वलाई समयमै निर्वाह गर्नका लागि वित्तीय व्यवस्थापन र जोखिम व्यवस्थापनका लागि उपयुक्त सुझाव दिँदै बीमांकीले वित्तीय दायित्व चुक्ता गर्नका लागि बीमकलाई सबल बनाउने प्रयास गरेका हुन्छन्।

बीमा, निवृत्तिभरण र अन्य वित्तीय उत्पादनसँग सम्बन्धित जोखिमहरु भविष्यवाणी गर्न र न्यूनीकरण गर्न आफ्नो गणितीय सीपहरु प्रयोग गरी वित्तीय र जोखिम व्यवस्थापन सेटिङहरुमा बीमांकीहरुले महत्वपूर्ण भूमिका खेल्छन्। भविष्यका घटनाहरुको सम्भाव्यता मूल्यांकन गर्ने र अनावश्यक परिणामहरुको सम्भावनालाई कम गर्न रचनात्मक तरिकाहरु डिजाइन गर्ने तिनीहरुको विशेषज्ञताले उनीहरुलाई वित्तीय स्थिरताको योजना बनाउन महत्वपूर्ण बनाउँछ।

Esewa
Crest

यहाँ उल्लेख गरिएका विश्व प्रख्यात बीमांकीहरुको क्रमबद्ध सूचीमा ती बीमांकीहरुको नाम समावेश गरिएको छ। जसले बीमा उद्योगमा बीमांकी पेसाको विकासमा महत्वपूर्ण योगदान दिएका छन्।

फेलिम बोयल

फेलिम बोयल आइरिस एक्चुअरी हुन्। उनी वित्तीय अर्थशास्त्र र मोन्टे कार्लो विधिको वित्त व्यवस्थापनमा प्रयोगका लागि योगदान दिएका थिए। अप्सन प्राइसिङमा उनैले पहिलोपटक मोन्टे कार्लो विधिको प्रयोग गरेका हुन्।

डेभिड एक्स ली

चिनियाँ मूलका क्यानेडाली बीमांकी डेभिड गौसियन कपुला र धितो आधारित ऋणको मूल्य निर्धारणमा यसको प्रयोगका लागि चिनिन्छन्। उनले पहिलोपटक धितोमा आधारित कर्जामा गौसियन कपुला मोडेलको प्रयोग गरेका थिए।

स्टेफेन मिल्डेनहल

उनी पुनर्बीमा र जोखिम व्यवस्थापनमा दख्खल राख्ने बीमांकी थिए। उनले पुनर्बीमा र जोखिम व्यवस्थापनमा नयाँ विधि विकास गरेका थिए।

हेरी पेन्जर

बीमांकी र प्राध्यापक हेरी बीमांकी गणितका लागि उनको योगदानका लागि सम्झिइन्छन्। उनले पेन्जर रिकरसन सूत्रको विकास गरेका थिए।

जेम्स डोडसन

गणितज्ञ र बीमांकी जेम्सले जीवन बीमाको विकासमा योगदान पुर्याएका छन्। उनले आधुनिक जीवन बीमा उद्योगका लागि आधार तयार पार्ने कार्य गरे।

रोबर्ट जे माइयर्स

अमेरिकी बीमांकी रोबर्ट सामाजिक सुरक्षा कार्यक्रमको सिर्जना र विकासमा संलग्न थिए। उनी लामो समयसम्म सामाजिक सुरक्षा प्रशासनका लागि मुख्य बीमांकीको भूमिकामा रहे।

बेन्जामिन गोम्पेज

उनले स्व अध्ययनको माध्यमबाटै गणितज्ञ र बीमांकीको अध्ययन पूरा गरेका थिए। बेलायती मूलका बेन्जामिनले मृत्युदर गणनाको नियम बनाएका थिए। उनी मानव मृत्युदर गणनाको सूत्र प्रतिपादनका लागि चिनिन्छन्।

फ्रान्क रेडिन्डटन

प्रभावशाली बेलायती बीमांकीले इम्युनाइजेसन सिद्धान्तको विकास गरेका थिए। उनले ऋणपत्र लगानी उपक्रमको इम्युनाइजेसन सिद्धान्तको विकास गरे। जसअन्तर्गत बीमकले स्थिर ब्याजदरमा आधारित ऋणपत्रमा गरेको लगानीका आधारमा पुँजी क्षयीकरण नहुने सिद्धान्तको प्रतिपादन गरेको हो।

एडमन्ड हेली

खगोलशास्त्री तथा र गणितज्ञ उनी हेलिज कमेटका लागि चिनिन्छन्। यसबाहेक उनले बीमांकी विज्ञानमा उल्लेख्य योगदानसमेत गरेका छन्। तथ्यांकीय नियममा आधारित निवृत्तीभरणसम्बन्धी अवधारणा विकास गरे।

ब्रेडली एम स्मिथ

सोसाइटी अफ एक्चुअरीको पूर्वअध्यक्षसमेत रहेका स्मिथ स्वास्थ्य बीमाका लागि चिनिन्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS