IME Life New

बीमा कम्पनीहरु बन्द हुने, आन्तरिक प्रशासन मात्रै सञ्चालन गर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका छन् । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा कम्पनी लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित गराई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो । ‍

काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णण संक्रमण रोग ऐन २०२० को दफा २  र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जेठ १३ गतेसम्म काठमाडौ जिल्लाभर लागू हुने गरी निषेधाज्ञा गरेको हो । अव जेठ १३ गतेसम्म बीमा कम्पनीहरु बन्द हुने छन् । प्रशासनले मंगलबार निम्न निर्णय गरेको छ ।

Esewa
Crest

१. सर्वसाधारणको आवतजावतको हकमा

क. औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने ।

ख. दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने ।

ग, अनिवार्य रुपले मास्कको प्रयोग गर्ने। पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने ।

२. सभा सम्मेलनको हकमा

क. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने ।

ख, विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।

ग. विवाह वा ब्रतबन्धको हकमा २ वटा सवारी साधन प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाउने ।

घ. नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने गर्न

३. अत्यावश्यक कार्यमा सवारी आवागमनको सहजीकरण

क. मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने ।

ख. बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त विरामी भै काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेश गर्ने ।

ग. सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटी आवत जावत गर्न पाउने ।

४. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा

क. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिति २०७८/०१/२९ गते राती १२ बजे देखि मिति २०७८/०२/१३ गते राती १२:०० बजेसम्म काठमाडौं जिल्लाभर रोक लगाउने।

ख. अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरूवा (बढीमा २ जना) बोकेका एम्वुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।

ग, अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ

घ. (भेटनेरी सम्बन्धी), ईन्धन, खाना पकाउने ग्यास, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने सावुनास्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखाना लगायतका दुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने ।

ड. अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्यूनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने ।

च. सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय-पत्रका आधारमा आवातजावत गर्ने।

छ. सार्वजनिक संस्था/संस्थानको हकमा सम्बन्धित प्रमुखले जारी गरेको सवारी पास परिचय पत्रको आधारमा आवत जावत गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS