IME Life New

बीमा कम्पनीहरु दुई सिफ्टमा सञ्चालन गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले नेपाल सरकारको निर्णय बमोजिम सबै सार्वजनिक निकाय सरह बीमा कम्पनीहरुलाई पनि भोलि असार १ गतेदेखि दुई सिफ्टमा सञ्चालन गर्न लिखित निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन दिँदै भोलिबाट विहान ८ बजेदेखि साँझ ६ बजेसम्म दैनिक कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

बीमा समितिले नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विहान ८ बजेदेखि अपरान्ह १ बजेसम्म र अपरान्ह १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

बीमा समितिले जीवन बीमाको बीमा शुल्क भुक्तानी गर्ने म्याद थप गरी लकडाउन अवधी सकिएको १५ सम्म कायम गर्न निर्देशन दिएको छ ।

आइतबार बीमा कम्पनीहरुलाई तीन बुँदे निर्देशन जारी गर्दै बीमा समितिले २०७७ बैशाख १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार लकडाउन अवधीलाई सबै बीमा कम्पनीका कार्यालय प्रमुखहरुले सार्वजनिक विदा सबै कर्मचारीहरुलाई खाई पाई आएको तलव भत्ता पाउने गरी सार्वजनिक विदा जनाउन समेत निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS