IME Life New

बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर कर्पोरेट सहित सम्पुर्ण शाखा कार्यलाय खोल्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा केहि खुकुलो पार्ने निर्णय भए सँगै बीमा कम्पनीहरुलाई २० प्रतिशत मात्रै कर्मचारी राख्ने गरि सञ्चालन गर्न दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

हाल बीमा कम्पनीहरुको केन्द्रिय कार्यालय मात्रै सञ्चालन हुँदै आएको छ । बीमा समितिले केन्द्रिय कार्यालय सञ्चालनका लागि ५ वटा सवारी पास प्रदान गरिरहेको छ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीको निर्णय पछि अव बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न पाउने निर्णय गरे सँगै केन्द्रिय सहित शाखा कार्यालय पनि खोल्न दिने पौडेलले जानकारी दिए ।

Esewa
Crest

गत जेठ १९ गतेको आदेशमा बीमा कम्पनीहरुले केन्द्रिय कार्यालय मात्रै खोल्न पाउने व्यवस्था थियो । अहिले भने बीमा समिति तथा बीमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने भनिएको छ । यस व्यवस्थाले अवदेखि बीमा कम्पनीहरुले हरेक दिन २० प्रतिशत मात्रै कर्मचारी प्रयोग गरेर कार्यलाय सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार सीमित संख्यामा शाखा र कर्मचारीको व्यवस्थापन गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बैंकिङ कारोबार गर्न पाउने भएका छन् । हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु (आइतबार र बिहीवार) संचालन गर्न पाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS