IME Life New

बीमा कम्पनीहरुलाई समितिको परिपत्र, असार मसान्तभित्र मर्जरमा जानेलाई तीन छुटको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले असार मसान्तभित्रमा मर्जरमा जाने कम्पनीहरुलाई तीन वटा सेवा सुविधामा छुटको व्यवस्था गरेको छ । समितिले सबै बीमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै मर्जरका लागि ईच्छुक बीमा कम्पनीलाई पुँजीगत लाभकर नलाग्ने, लाभांशमा कर नलाग्ने तथा कर्मचारी अवकाश भुक्तानीमा कर छुट दिने जनाएको छ ।

समितिले बीमा कम्पनी गाभिए पश्चात कायम हुने नयाँ बीमकमा रहेका शेयरधनीहरुले आफ्नो शेयर गाभिएको मितिले दुई वर्षभित्रमा शेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभ करमा छुट दिने भएको छ ।

Esewa
Crest

त्यस्तै, बीमा कम्पनीहरुले गाभिएको दुई वर्षभित्रमा गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने समितिले जनाएको छ साथै, बीमा कम्पनी गाभिने प्रक्रियामा रहेका कम्पनीका कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा कर कट्टा गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिने सुविधाको व्यवस्था गरेको समितिले परिपत्रमा उल्लेख गरेको छ ।

यस सुविधा प्राप्त गर्नका लागि गाभ्ने गाभिने र प्राप्ति गर्न ईच्छुक बीमकले २०७९ असार मसान्तभित्र गाभ्ने गाभिने तथा मर्जरमा जाने आशयपत्र आन्तरिक राजस्व विभागमा दिएका कम्पनीहरुले मात्रै पाउने समितिले भनेको छ । उक्त आशयपत्र दिएका कम्पनीहरुले आगामी २०८० असार मसान्तभित्र मर्जरको प्रक्रिया सम्पन्न गरिसक्नु पर्ने समेत समितिले सोही परिपत्रमा उल्लेख गरेको छ ।

साथै, समितिले तोकेको न्युनतम चुक्ता चुक्ता पुँजी पुरा गर्न गाभ्ने गाभिने र प्राप्ति तथा मर्जरमा जाने कम्पनीहरुले आयकर ऐन २०५८ को दफा ४७ अनुसारको छुट तथा सुविधा पाउनका लागि २०७९ असारभित्र सम्बन्धीत निकायमा आवेदन दिइसक्नुपर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS