IME Life New

बीमा कम्पनीहरुलाई सजगता अपनाई सेवा प्रवाह गर्न बीमा समितिको ७ बुदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को जोखिममा सजगता अपनाई सेवा दिन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । समितिले एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्न गएको परिस्थितिलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाई बीमितहरुलाई निरन्तर रुपमा सेवा प्रवाह गर्न आग्रह गरेको हो ।

समितिले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेववाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन साथै सबै आवश्यक सुरक्षाका अन्य सबै उपाय अबलम्वन गर्न आग्रह गरेको छ ।

Esewa
Crest

त्यस्तै, भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउन, सेवाग्राहीको आवतजावत कम हुने गरी कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था गर्न समितिले बीमकलाई भनेको छ ।

बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्यम÷भचुर्अल माध्यमबाट संचालन गर्ने गराउन समेत समितिले भनेको छ ।

त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरण उपाय अपनाउने, कम्पनीमा कार्यरत कर्मचारीमा संक्रमण शंका लागेमा तुरुन्त परिक्षण गरी संक्रमण देखिएको कर्मचारीलाई आइसोलेसन गर्ने र क्न्टा्याक्ट टेष्टमा परेकालाई आवश्यक आइसोलेसनको व्यवस्था गर्न समेत समितिले आग्रह गरेको छ ।

साथै, समितिले सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरु उपस्थित गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS