IME Life New

बीमा कम्पनीहरुको शेयर धितो कर्जाको मूल्याङ्कन ७ प्रतिशतले खुम्चियो, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुको शेयर धितो कर्जाको मूल्याङ्कन ७ प्रतिशत भन्दा धेरैले खुम्चिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा मार्जिन प्रकृतिको कर्जाको मूल्याङ्कन गर्दा १२० दिनबाट बढाएर १८० दिन बनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औषत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिएको छ ।

Esewa
Crest

राष्ट्र बैंकले मूल्याङ्कन अवधि १२० दिनबाट १८० दिन पुर्याउदा अधिकाम्स कम्पनीहरुको शेयर धितोमा राखेर पाउने कर्जा खुम्चिने भएको छ । पछिल्लो १२० दिनमा अधिकाम्स सूचिकृत कम्पनीको शेयर मूल्य बढेको छ । मूल्याङ्कन अवधि १८० दिन पुर्याउदा तीन महिना अगाडि उच्च मूल्य भएका कम्पनीको शेयरधितो कर्जा कम पर्न आउछ । राष्ट्र बैंकको पछिल्लो निर्देशनले अधिकाम्स बैंक तथा वित्तीय संस्थाको मूल्याङ्कनमा खासै फरक देखिदैन । तर बीमा कम्पनीहरुको मूल्याङ्कन भने घट्ने देखिन्छ ।

पछिल्लो १२० दिनमा अधिकाम्स बीमा कम्पनीको शेयर मूल्यमा भारि गिरावट देखिन्छ । यसले गर्दा बीमा कम्पनीहरुको मूल्याङ्कन कम देखिएको हो । तर १८० दिनको औषत मूल्य हेर्ने हो भने यस अवधिमा बीमा कम्पनीको मूल्य उच्च विन्दुमा थियो । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जालाई डिस्करेज गर्ने पोलिसी अख्तियार गर्ने क्रममा बीमा कम्पनीका शेयरधनी सबैभन्दा धेरै मारमा पर्ने भएका हुन् ।

पछिल्लो १२० र १८० दिनको अवधिमा कायम बीमा कम्पनीहरुको शेयर मूल्यलाई मूल्याङ्कन गर्दा राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले प्राप्त गर्ने मार्जिन प्रकृतिको कर्जा कम पर्न जान्छ । कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य १७९७० रुपैयाँ रहेको छ भने १८० दिनको औषत मूल्य १६९३८ रुपैयाँ छ ।

त्यस्तै शिखर इन्स्योरेन्सको १८० दिनको औषत मूल्य २१४२ रुपैयाँ छ भने १२० दिनको औषत मूल्य २३९४ पर्न आउछ । यस आधारमा शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले प्रति कित्ता मूल्याङ्कन २३९४ रुपैयाँ छ । तर दोस्रो बजारमा कायम पछिल्लो मूल्य भने २१४८ रुपैयाँ छ । यस आधारमा १८० दिनको औषत मूल्यका आधारमा शेयरधितो कर्जाको मूल्याङ्कन हुन्छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको पनि १८० दिन र १२० दिनको औषत मूल्यको अन्तर २१७ रुपैयाँ छ । यस्तो अन्तर एशियन लाइफको १४० रुपैयाँ रहेको छ । गुराँस लाइफको भने ५२ रुपैयाँ मात्रै फरक छ ।  दोस्रो बजारमा सूचिकृत बीमा कम्पनीहरु मध्ये पछिल्लो समय प्राथमिक शेयर निष्काशन गरेका नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सानिमा जनरल, ज्योति लाइफ, प्रभु लाइफ र रिलायन्स लाइफको शेयर धितोमा राखेर कर्जा प्राप्त गर्न सकिदैन ।

हेर्नुहोस् तुलनात्मक विश्लेषण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS