IME Life New

बीमा कम्पनीहरुको पुँजी वृद्धिमा सेबोन बाधक बन्दैन, छिट्टै हकप्रद अनुमति दिन्छौँः बराल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बीमा कम्पनीहरुलाई हकप्रद निष्कासनको अनुमति दिने विषयमा छलफल भइरहेको बताएका छन्।

पुँजी वृद्धि योजनाअन्तर्गत हकप्रद निष्कासनका लागि सेबोनमा अनुमति मागेका बीमा कम्पनीहरुलाई छिट्टै अनुमति दिने अध्यक्ष बरालले बताए। ‘लामो समयदेखि बीमा कम्पनीहरु हकप्रद सेबोनको पाइपलाइनमा छ, त्यस विषयमा हामी पनि गम्भीर छौँ’, बरालले इन्स्योरेन्स खबरसँग भने, ‘सेबोन बीमा कम्पनीको पुँजी वृद्धिको योजनामा बाधक बन्दैन। चाँडै यो गाँठो खुल्छ।’

Esewa
Crest

सेबोन र नेपाल बीमा प्राधिकरण दुइटै सरकारी निकाय भएकोले यस विषयमा समन्वय हुने पनि बरालले स्पष्ट पारे। ‘बीमा प्राधिकरणले कम्पनीहरुलाई पुँजी पुर्याउन डेडलाइन दिएको होला, त्यो डेडलाइनमा पुँजी नपुर्याएमा प्राधिकरण बीमा कम्पनीहरुलाई कारबाही गर्ला भन्ने कुरा आउला तर त्यस्तो हुँदैन’, उनले भने, ‘एउटा सरकारी नियामकका कारण अर्को सरकारी नियामकको अन्डरमा रहेका कम्पनीहरुलाई अप्ठेरो पर्दैन। यसमा समयसीमामै बीमा कम्पनीहरुले पुँजी पुर्याउन सकेनन् भन्ने कुरै हुँदैन।’

बीमा कम्पनीहरुलाई ढुक्क भएर बस्न पनि बरालले आग्रह गरे। ‘हामी छिट्टै हकप्रद अनुमति दिने विषयमा टुंगो लगाउँछौँ’, उनले भने।

हाल सेबोनको पाइपलाइनमा ८ वटा बीमा कम्पनीको हकप्रद शेयर रहेको छ। जसमा ४ वटा जीवन बीमा र ४ वटा निर्जीवन बीमा कम्पनीको रहेको छ।

प्रभु महालक्ष्मी लाइफले हाल कायम चुक्तापुँजीको १ः०.१७ अनुपात अर्थात १७ प्रतिशत हकप्रद शेयरका लागि स्वीकृति मागेको छ। जसअनुसार उसले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद शेयर जारी गर्नेछ।

यसैगरी एसियन लाइफले पनि हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपात अर्थात ४२ प्रतिशत हकप्रद शेयर ल्याउन सेबोनसँग अनुमति मागेको छ। अनुमति पाएमा कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३०२.४८ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

सन नेपाल लाइफले चुक्तापुँजीको १ः०.२७ अनुपात अर्थात २० प्रतिशत हकप्रद ल्याउन सेबोनमा निवेदन दिएको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

त्यस्तै लाइफ इन्स्योरेन्सले चुक्तापुँजीको १ः०.८८४५ अनुपात अर्थात ८८.४५ प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ। जसअनुसार कम्पनीले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर ल्याउनेछ।

यस्तै एनएलजी इन्स्योरेन्सले चुक्तापुँजीको १०ः ६.६ अनुपातमा हुन आउने ९६ लाख ३१ हजार २२०.२२ कित्ता, नेको इन्सुरेन्सले १ः०.२५ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता, प्रभु इन्स्योरेन्सले १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५.४४ कित्ता र नेपाल इन्स्योरेन्स कम्पनीले १०ः४ अनुपातमा हुने ६५ लाख ७६ हजार ९ सय ३७.७६ कित्ता हकप्रद शेयर ल्याउन सेबोनमा अनुमति मागेका छन्।

अध्यक्षको कार्यकाल सकेर रमेशकुमार हमाल सेबोनबाट बाहिरिएपछि हालसम्म खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्ति भएको छैन। अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइए पनि सर्टलिस्टमा परेका दुईजनाले मात्रै अन्तर्वार्ता दिएका थिए। बाँकी ३ जनाले अन्तर्वार्ता दिएनन्। पछि यो प्रक्रिया नै रद्द गरिएको थियो। तर, अन्तर्वार्ता दिएकामध्ये एकजनाले प्रक्रिया रद्दविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि अहिले अध्यक्ष नियुक्ति प्रक्रिया अलमलमा परेको छ।

त्यसो त हमाल बाहिरिएसँगै सेबोनमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले केही समय अध्यक्षको भूमिका निर्वाह गरेका थिए। शाक्यपछि अर्का सहसचिव नरेशकुमार राना पनि केही समय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार बनेपछि हालका अर्थमन्त्री विष्णु पौडेलले रानालाई हटाएर महेश बराललाई अध्यक्षको जिम्मेवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS