IME Life New

बीमा कम्पनीहरुको ‘जीवन बीमा कोष’ २१ %ले बढेर करिब ५ खर्ब पुग्यो, कुन कम्पनी कति बलियो(सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण सबै जीवन बीमा कम्पनीहरुले प्रकाशन गरिसकेको अवस्था छ । सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तुलनामा यस अवधिमा जीवन बीमा कोषको आकारमा बृद्धि गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीहरुको ४ खर्ब ९० अर्ब १० करोड ६० लाख ६८ हजार रुपैयाँ जीवन बीमा कोष रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको जीवन बीमा कोषमा ४ खर्ब ५ अर्ब ७८ करोड ८० लाख ३० हजार रुपैयाँ रहेको छ ।

जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको व्यवसायको सबैभन्दा बलियो खम्बाको रुपमा लिइन्छ । जीवन बीमा कम्पनीहरुलाई मूल्याङ्कन गर्दा सबैभन्दा पहिला कम्पनीको जीवन बीमा कोषलाई हेरिन्छ । जीवन बीमा कोष बीमितले भुक्तानी गरेको बीमा शुल्क हुने भएकाले जुन कम्पनीले जति धेरै व्यवसाय गर्न सक्छन् उसको जीवन बीमा कोष पनि सोहि अनुपातमा ठुलो हुन्छ । यहि कोषलाई विभिन्न क्षेत्रमा लगानी गरेर आएको प्रतिफलका आधारमा बीमितले बोनश पाउछन् । यस्तो कोषबाट आर्जन भएको मुनाफालाई बीमा कम्पनीका शेयरधनीहरुले लिन भने पाउदैनन् ।

Esewa
Crest

बृद्धिको हिसावमा हेर्ने हो भने गत आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरै प्रतिशतले रिलायबल नेपाल लाइफले जीवन बीमा कोषको आकार बढाएको छ । गत वर्षको तुलनामा कम्पनीले जीवन बीमा कोषको आकार ६९ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफको जीवन बीमा कोष रहेको छ । कम्पनीको कोषमा १खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीको यस अवधिमा जीवन बीमा कोषमा ९७ अर्ब ५० करोड रुपैयाँ रहेको छ । तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब ७७ करोड रहेको छ । राष्ट्रिय बीमा संस्थानको ४० अर्ब २४ करोड रहेको छ ।चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एशियन लाइफको जीवन बीमा कोषमा ३३ अर्ब ६३ करोड, मेट लाइफको २१ अर्ब ३० करोड, प्राइम लाइफको १९ अर्ब ८९ करोड ८१ लाख, सूर्या लाइफको १४ अर्ब ९२ करोड ५६ लाख, गुराँस लाइफको १३ अर्ब ११ करोड ५२ लाख, यूनियन लाइफको १२ अर्ब ३२ करोड ७४ लाख, ज्योति लाइफको ७ अर्ब ४ करोड ६९ लाख, सिटिजन लाइफको ६ अर्ब ६३ करोड ३३ लाख, आइएमई लाइफको ५ अर्ब १६ करोड २८ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी सन नेपाल लाइफको ३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ, रिलायन्स लाइफको ३ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ, सानिमा लाइफको ३ अर्ब ७४ करोड ७० लाख रुपैयाँ, प्रभु लाइफको ३ अर्ब २४ करोड १५ लाख रुपैयाँ र महालक्ष्मी लाइफको २ अर्ब ४० करोड ४२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS