IME Life New

बीमा कम्पनीहरुका सिइओहरुले खाइपाइ आएको तलब भत्ता घटेर नियुक्ति हुनुपर्ने बाध्यता हट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तलब घटेर अर्को कम्पनीमा नियुक्ति हुनु पर्ने बाध्यता हटेको छ । बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्ति गर्दा वा नयाँ नियुक्ति गर्दा नियम अनुसार गणना गरिएको निश्चित वार्षिक तलब भत्ता रकम भन्दा कम हुन गएमा समितिको स्वीकृति लिइ खाइपाइआएको भन्दा नबढाइ पाउने व्यवस्था गरिदिएको छ ।

बीमा समितिले बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन २०७४ को पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  समितिले मार्गदर्शनको दाफा ४ लाई संशोधन तथा थप गर्ने क्रममा यस्तो व्यवस्था थप गरिएको हो । थपिएको व्यवस्थामा भनिएको छ ‘बीमकले प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्ति गर्दा वा नयाँ नियुक्ति गर्दा यस उपदफा बमोजिम गणना गरिएको निश्चित वार्षिक तलबभत्ता रकम यस अघि प्रदान गरिएको वार्षिक तलब तथा भत्ताभन्दा कम हुन आएमा समितिको स्वीकृति लिइ अघि प्रदान गरिएको तलबभत्ता रकमसम्म प्रदान गर्न सकिनेछ ।’

Esewa
Crest

यस दफामा निश्चित वार्षिक तलब तथा भत्ता सम्बन्धी व्यवस्था रहेको छ । कार्यकारी प्रमुखलाई प्रदान गरिने निश्चित वार्षिक तलब तथा भत्ता दफा मा उल्लेख भएका सूचकांकहरुलाई समेत मध्यजनर गरी तोकिएका मापदण्डको आधारणमा गरणना गर्नु पर्ने व्यवस्था छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको हकमा विगत तीन आर्थिक वर्षको औषत कर्मचारी खर्चको ६ प्रतिशतसम्म हुनु पर्नेछ । त्यस्तै जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको हकमा बीमकको विगत तीन आर्थिक वर्षहरुको अन्तको औषत कूल सम्पत्तीको क्रमश ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म हुनु पर्नेछ । यस आधारमा गणना गर्दा जुनबाट कम रकम आउछ सोहि अनुरुपको निश्चित वार्षिक तलब भत्ता प्रदान गर्नु पर्ने हुन्छ । यहि व्यवस्थाका कारण तर कतिपय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको खाइपाइआएको भन्दा पनि कम हुन आए पछि समितिले यस्तो व्यवस्था थप गरेको हो ।

अझ कतिपय बीमा कम्पनीमा अर्को कम्पनीबाट आएका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता तथा सेवा सुविधामा कमि आउनेसम्मको देखिएको छ । यसले गर्दा बीमा समितिको स्वीकृति लिएर खाइपाइआएको तबल भत्तासम्म पाउने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS