IME Life New

बीमा कम्पनीहरुका लागि एफडीआईको सीमा परिवर्तन गर्दै भारत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को सीमामा परिवर्तन गर्ने तयारीमा भारत सरकार रहेको छ।

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार भारत सरकारले यो परिवर्तनले लगानी प्रणालीमा थप प्रभावकारिता ल्याउने र देशमा एफडीआई प्रवाहमा आएको कमीलाई पार गर्ने लक्ष्य रहेको जनाएको छ। बीमा क्षेत्रअन्तर्गत जनरल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनीहरुमा एफडीआई सीमा ७४ प्रतिशत रहेको छ। जब कि बीमा मध्यस्थहरुमा १०० प्रतिशत एफडीआई अनुमति छ।

Esewa
Crest

अब एफडीआईको सीमामा केही परिवर्तन गर्ने तयारी भइरहेको भारतको उद्योग प्रवर्द्धन तथा आन्तरिक व्यापार विभागले जनाएको छ।

सामान्य बीमा कम्पनीहरु प्रायः केही वर्षपछि नाफामा जान्छन् र पुनः लगानीका लागि रकम जुटाउँछन्। जब कि जीवन बीमामा ६ वर्षदेखि ७ वर्षसम्म भारतीय र विदेशी साझेदारहरुबाट महत्वपूर्ण इक्विटी लगानी आवश्यक हुन्छ। यो परिवर्तन बढ्दो प्रतिस्पर्धाका बीचमा हुन लागेको हो। किनकि अहिले अधिकांश जीवन बीमा कम्पनीहरु अहिले नाफामा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS