IME Life New
GBIME

बीमा कम्पनीको भूकम्पको क्षतिको दाबी भुक्तानी गर्न अझै बाँकी, ठूला अपार्टमेन्ट चपेटामा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निर्जीवन बीमा कम्पनीले दुई वर्ष अघिको विनाशकारी भूकम्पले क्षति पुर्याएको संरचनाको १७.४४ प्रतिशत दाबी भुक्तानी गर्न बाँकी देखिएको छ। भूकम्पले क्षति पुर्याएको दुर्इ वर्ष १० महिना वितिसक्दा पनि ३४७ वटा पोलिसीको भुक्तानी अझै हुन सकेको छैन। जसमा तीन अर्ब ५४ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

निर्जीवन बीमा कम्पनीमा बीमा गरेका मध्येबाट बीमा कम्पनीमा १६ अर्ब ६८ करोड रुपैयाँ दाबी परेको थियो। जसमा बीमा कम्पनीले छानविन गर्दा १६ अर्ब ९ करोड रुपैयाँ दाबी गर्नुपर्ने देखिएको थियो।

Crest

भूकम्प पछि ४ अर्ब ४४ अर्ब रुपैयाँ बीमांक रकम बराबरको १७ हजार ७९९ वटा पोलिसीमा दाबी भुक्तानीको लागि निवेदन परेको थियो। जसमा ६ हजार १६१ वटा पोलिसीहरु दाबीको लागि अयोग्य भएका थिए। कम्पनीले अहिलेसम्म ११ हजार २९१ वटा पोलिसीको १२ अर्ब ५५ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन्।

१६ वटा बीमा कम्पनीमा दाबी परेकोमा अहिलेसम्म एभरेष्ट इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स कम्पनीले मात्र शतप्रतिशत दाबी भुक्तानी गर्न सकेका छन्। सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्स कम्पनीले अझै ६८ करोड ४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न सकेको छैन।

बीमा कम्पनीहरुले पूनर्वीमा कम्पनीबाट ७ अर्ब ९२ करोड रुपैयाँको भुक्तानी लिएका छन्। हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सबै भन्दा धेरै तीन अर्ब ८५ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ तैपनि अझै २१.०८ प्रतिशत रकम दाबी भुक्तानी गर्न बाँकी देखिएको छ। निर्जीवन बीमा कम्पनीका सर्भेयरले अझै २३७ वटा पोलिसीको प्रतिवेदन बुझाएका छैनन्। यसैमा सर्भेयरले १५ हजार ६२३ वटा पोलिसीको प्रतिवेदन बनाएका थिए।

किन हुन सकेन दाबी भुक्तानी
संख्यात्मक रुपमा दाबी भुक्तानी ९८.०५ प्रतिशतको भैसके पनि रकमका हिसाबले धेरै देखिनुको कारण धेरै बीमाङ्क रकमका अपार्टमेन्ट तथा भवनको विवादका कारण हुन नसकेको बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले बताए।

अपार्टमेन्टले आवश्यक कागजात समयमा पुर्याउन नसक्दा दाबी भुक्तानी हुन नसकेको कार्कीले बताए। त्यस्ता संरचनाको लागि बीमा कम्पनीले पूर्ण रुपमा भुक्तानी गर्न नसके पनि केही रकम अग्रिम रुपमा भुक्तानी गरेको उनले बताए। साथै त्यस्ता अपार्टमेन्टबाट कुनै पनि उजुरी नपरेको तै पनि बीमा कम्पनीलार्इ चाँडै मिलाएर भुक्तानी गर्न निर्देशन दिएको उनले बताए। 

दाबी भुक्तानीहुन बाँकि रहेका कम्पनीहरु विवरण:-

क्र.सकम्पनीको नामभुक्तानी गर्नु पर्ने संख्याभक्तानी गर्नु पर्ने रकमभुक्तानी संख्याभुक्तानी रकमपुनर्वीमा बाट भुक्तानी
नेपाल इन्स्योरेन्स1,3427,7201,2757,1453,104
दि ओरियन्टल2777,5892716,575
राष्ट्रिय बीमा कम्पनी2161,144137817251
नेशनल इन्स्योरेन्स5197,0024903,742
हिमालयन जनरल39148,88838638,55336,621
युनाइटेड इन्स्योरेन्स37610,0683693,2644,867
प्रिमियर इन्स्योरेन्स61515,0105707,6468,162
एभरेष्ट इन्स्योरेन्स1151,4081151,408442
नेको इन्स्योरेनेन्स9336,1519305,8792,976
१०सगरमाथा इन्स्योरेन्स1,80316,3331,76215,5097,279
११प्रभु इन्स्योरेन्स8566,6508455,4651,773
१२एनबि इन्स्योरेन्स
१३प्रुडेन्सियल इन्स्योरेन्स5994,7115954,5843,337
१४शिखर इन्स्योरेन्स1,07512,9931,07110,8724,398
१५लम्बिनी जनरल4952,5444952,5441,711
१६एनएलजी इन्स्योरेन्स9774,5629354,4263,075
१७सिद्धार्थ इन्स्योरेन्स1,0498,1471,0457,0781,277
जम्मा (रु लाखमा)11,638160,91911,291125,50779,273

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS