IME Life New

बीमा कम्पनीले कोषको रकम सिधैं बाणिज्य बैंकमा राख्न सक्ने, बीमा समितिले दियो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले टेक्निकल रिभर्ज कोषको रकम अब सिधैं क बर्गका बाणिज्य बैंकमा मुद्दति निक्षेपमा राख्न सक्ने भएका छन् । बीमा समितिले आज एक निर्देशन जारी गर्दै कोरोना भाइरसको कारण पूर्व स्वीकृति दिन नसकिएकोले सिधैं बाणिज्य बैंकमा मुद्दति निक्षेपमा रकम राखेमा सोल्भेन्सी मार्जिनमा गणना हुने जनाएकोछ ।

बीमा समितिद्वारा आज जारी निर्देशिकामा भनिएको छ, ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५ मा कूल टेक्निकल रिजर्भलाई आधार मानी सो को सीमाभित्र लगानी गर्नुपर्ने व्यवस्था भएको र निर्देशिकामा तोकिएको सीमाभन्दा बढि भएकोमा समितिको पूर्व स्वीकृति लिई मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बीमकहरुबाट माग भएको लगानी स्वीकृत गर्न व्यवहारिक कठिनाई भएको हुँदा बीमकहरुलाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका बैंकहरुको मुद्दति निक्षेपमा बीमकको आफ्नै निर्णय अनुसार लगानी गर्न दिई सो रकमलाई सोल्भेन्सी प्रयोजनार्थ गणना योग्य सम्पत्तिमा समावेश हुने गरी गर्न निर्देशिन दिने निर्णय भएकोले सोही बमोजिम गर्नु गराउनु हुन जानकारी गराइन्छ ।’

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS