IME Life New

बीमा कम्पनीले कसरी पुर्याउदै छन् पूँजी ? (ताजा अपटेड)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हाल नेपाली दोश्रो बजारमा ७ वटा लाईफ इन्स्योरेन्स कम्पनीका शेयर किनबेच हुने गरेका छन । जसमा तीन वटा मात्र जीवन बीमा कम्पनीले २ अर्ब पूँजीको लक्ष्य हासिल गरेका छन् । २ अर्ब पूँजीको लक्ष्य हासिल गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स ,नेशनल लाईफ इन्स्योरेन्स र एसियन लाईफ इन्स्योरेन्स छन् ।

कसले कति  पूँजी वृद्धि गर्नु पर्ने छ ?
प्राइम लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७८ करोड छ । प्राइम लाईफ इन्स्योरेन्सको  पूँजी १२ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । प्राइमले बोनस शेयर बाटै चुक्ता पूँजी  पुर्याउने देखिन्छ ।

Esewa
Crest

त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ३४ प्रतिशतले आफ्नो पूँजी वृद्धि गर्नु पर्ने देखिएकोमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको संचालक समितिले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर प्रस्ताव गरिसकेको छ। सो बोनस पश्चात कम्पनीको पूँजी २ अर्ब पुग्ने छ।

सूर्या लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैयाँ छ ।  कम्पनीले निकट भविष्यमा ७० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रकिर्यामा छ। सो हकप्रद पश्चात कम्पनीको पूँजी २ अर्ब पुग्ने छ।

गुराँस लाईफले ११३ प्रतिशतले आफ्नो पूँजी वृद्धि गर्न बाँकी छ।  कम्पनीको साधारणसभाले शत प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित गरेको छ।

नोट : कम्पनीको पूँजी  गणना गर्दा हकप्रद र बोनस शेयरको बुक क्लोज पछि कायम रहेको पुँजीको आधारमा

यता निर्जीवन बीमा कम्पनीहरु मध्य ७ वटा निर्जीवन बीमा कम्पनीले १ अर्ब पूँजीको लक्ष्य हासिल गर्न बाँकी छ।
आइएमई जनरल इन्स्योरेन्सको अहिलेको पूँजी ९७ करोड २० पुगेको छ। कम्पनीले ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। सो बोनस पश्चात कम्पनीको पूँजी १ अर्ब पुग्ने छ।

त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको पूँजी १३ प्रतिशतले वृद्धि हुन बाँकी छ। लुम्बिनी जनरल २० प्रतिशत हकप्रद निष्काशनको प्रक्रियामा छ। प्रस्तावित हकप्रद पछि कम्पनीको पूँजी १ अर्ब पुग्ने छ।

एन एल जी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले अझै आफ्नो पूँजी ५६ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । दुवै कम्पनीले ६० प्रतिशत हकप्रद प्रस्ताव गरेकोमा कम्पनीको पुँजी १ अर्ब पुग्ने छ।

प्रिमियर इस्न्योरेनसले ७१ प्रतिशतले आफ्नो पूँजी वृद्धि गर्न बाँकी छ । प्रिमियर  इन्स्योरेन्सको संचालक समितिले ७९ दशमलव ७९ प्रतिशत बोनस प्रस्ताव गरेका छन् । प्रस्तावित बोनस पश्चात कम्पनीको पूँजी १ अर्ब पुग्ने छ।

त्यस्तै युनाईटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले आफ्नो पूँजी क्रमश: २३१ प्रतिशत र २७५ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । युनाईटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद शेयर दिने प्रक्रियामा छ । उक्त हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी पुग्ने छ । रास्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी के कसरी पुग्ने छ भन्ने कुरो अझै अन्योल जस्तै छ।

 

नोट : कम्पनीको पूँजी गणना गर्दा हकप्रद र बोनस शेयरको बुक क्लोज पछि कायम रहेको पूँजीको आधारमा

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS