IME Life New

बीमा कम्पनीले कर्मचारीका लागि छुट्टाए एक अर्ब १६ करोड रुपैयाँ बोनश, जीवन भन्दा निर्जीवनका कर्मचारी मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीहरुका लागि एक अर्ब १६ करोड रुपैयाँ बोनश रकम छुट्टाएका छन् । गत आर्थिक वर्षमा जीवन भन्दा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले धेरै बोनश रकम पाउने भएका हुन् । जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि ४३ करोड ५४ लाख रुपैयाँ बोनश रकम छुट्टाउदा निर्जीवन बीमा कम्पनीहरुले भने ७२ करोड ७४ लाख रुपैयाँ छुट्टाएका छन् ।

जीवन बीमा कम्पनीहरुको एक्चुअरी मूल्याङ्कन पछि मात्रै वास्तविक मुनाफा थाहा हुन्छ । त्यसैले गर्दा अपरिष्कृत वित्तीय विवरणमा व्यवस्था गरिएको रकम भन्दा एक्चुअरी मूल्याङ्कन पछि केहि बढ्न सक्ने छ । बीमा कम्पनीहरुले बोनश ऐन अनुसार कर्मचारीका लागि कम्तिमा पनि मुनाफाबाट १० प्रतिशत वितरण गर्नु पर्छ । तर समयमा साधारणसभा नुहँदा बीमा कम्पनीहरुले उक्त रकम भने तत्काल पाउदैनन् । तत्काल वितरण नगरे पछि यस्तो रकम भने छुट्टाएर राख्नु पर्ने हुन्छ ।

Esewa
Crest

पुराना कम्पनीहरुले बोनश बापतको केहि रकम अग्रिम रुपमा भुक्तानी गरे पनि बाँकी रकम साधारणसभा पछि मात्रै वितरण गर्छन् । तर नयाँ कम्पनीहरुले भने अग्रिम रुपमा पनि दिने गरेको पाइदैन । कर्मचारीहरुलाई प्रोत्साहन स्वरुपम नीतिगत रुपमै कम्पनीहरुले मुनाफाबाट बोनश रकम दिनु पर्ने व्यवस्था छ । जीवनको तुलनामा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले पाकोेको बोनश रकम छिटो प्राप्त गर्छन् । तर जीवन कम्पनीहरुको हकमा भने धेरै ढिला हुने गरेको छ । जीवन बीमा कम्पनीहरुले अझै पनि दुई वर्ष अगाडिको वार्षिक साधारणसभा सम्पन्न गर्न सकेका छैनन् । त्यसैले गर्दा पाकेको बोनस हात पार्न पनि वर्षौ कुर्नु पर्ने बाध्यता छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीका लागि ७ करोड ७२ लाख रुपैयाँ छुट्टाएको छ । त्यस्तै नेपाल लाइफले भने जम्मा ६ करोड ८५ लाख रुपैयाँ छुट्टाएको छ । शिखर इन्स्योरेन्स कम्पनीले ६ करोड ७९ लाख रुपैयाँ कर्मचारीका लागि छुट्टाएको छ ।

निर्जीवन तर्फ सर्वाधिक बोनश रकम छुट्टाउनेहरुमा क्रमश नेको ७ करोड ७२ लाख, शिखर ६ करोड ७९ लाख, सगरमाथा ६ करोड ३१ लाख, नेपाल इन्स्योरेन्स ५ करोड ५१ लाख, प्रिमियमर ५ करोड २० लाख, सिद्धार्थ ५ करोड ४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै जीवन तर्फ सर्वाधिक बोनश रकम छुट्टाउनेहरुमा क्रमश नेपाल लाइफ ६ करोड ८५ लाख, नेशनल ४ करोड ८२ लाख, सूर्या तीन करोड ५९ लाख, प्राइम तीन करोड ४२ लाख, मेट लाइफ तीन करोड २८ लाख रुपैयाँ रहेका छन् ।

पुरानाको तुलनामा नयाँ बीमा कम्पनीहरुको बोनश रकम धेरै कम छ । रिलायन्स लाइफले ७७ लाख ९४ हजार रुपैयाँ, महालक्ष्मी लाइफ एक करोड ४ लाख रुपैयाँ, सानिमा एक करोड १४ लाख रुपैयाँ, सन नेपाल एक करोड १७ लाख रुपैयाँ छुट्टाएका छन् । त्यस्तै निर्जीवन तर्फ सबैभन्दा कम बोनश रकम छुट्टाउनेहरुमा युनाइटेड इन्स्योरेन्स एक करोड १९ लाख रुपैयाँ, सानिमा जनरल एक करोड २३ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स एक करोड ४२ लाख रुपैयाँ, अजोड एक करोड ५१ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS