IME Life New

बीमा कम्पनीलाई जोखिममा आधारित पूँजीको लागि नगद लाभांश वितरणमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांशको प्रस्ताव नगर्न निर्देशन दिएको छ । समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई नगद भन्दा बोनश शेयरमै जोड दिन निर्देशन दिएको हो । समितिले जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको तयारी गरिरहेकाले बीमा कम्पनीलाई नगद लाभांश नदिन निर्देशन दिएको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

कम्पनीहरुमा हरेक वर्ष जोखिम थपिने क्रम बढेको हुँदा बोनश शेयर मार्फत पूँजी बढाउन अनुरोध गरिएको उनले जानकारी दिए । बीमा समितिले विश्व बैंक सँग मिलेर जोखिममा आधारित पूँजी सम्बन्धी अध्ययन गरिरहेको हुँदा सोहि अध्ययन पछि जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका बनाउदै छ ।

Esewa
Crest

उक्त निर्देशिका आए पछि कम्पनीहरुले जोखिमका आधारमा पूँजी तय गर्नै पर्ने भएकाले अहिले नगद बाँड्नु भन्दा पनि बोनश शेयर दिएर पूँजी कोष बढाउन लगाउने रणनीतिमा बीमा समिति रहेको छ । अहिले नगद वितरण गर्ने भोलि जोखिममा आधारित पूँजी कोष तयार पार्नु पर्ने भएपछि हकप्रद निष्काशन गर्नु भन्दा अहिले देखिनै बोनश शेयर मार्फत पूँजी बढाउन समितिले अनुरोध गरेको हो ।

अधिकाम्स जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ कै वार्षिक साधारणसभा गर्न सकेका छैनन् । उनिहरुले यहि आर्थिक वर्षसम्मको मुनाफाबाट नगद लाभांश दिन पाउने छैनन् । अहिलेसम्म रिलायन्स लाभांस, ज्योति लाइफ, सूर्या लाइफ, एलआइसी नेपाल, प्राइम लाइफ र एशियन लाइफले लाभांश घोषणा गरिसकेका छन् । उनिहरु मध्ये रिलायन्स लाइफले नगद लाभांश मात्रै वितरण गरेको छ ।

त्यस्तै निर्जीवन तर्फ भने अधिकाम्सले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । निर्जीवन मध्ये दुई कम्पनी हिमालयन जनरल र प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

प्रिमियरले ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनश शेयर घोषणा गरेको छ । बीमा समितिको नयाँ निर्देशन पछि उसले १५ प्रतिशत नै बोनश शेयर दिनु पर्ने भएको छ । अहिले नगद बाँड्ने अनि जोखिममा आधारित पूँजी कायम गर्ने नाममा भोलिका दिनमा मनलाग्दी हकप्रद शेयर निष्काशनको विकृतिलाई नियन्त्रण गर्न समितिले अहिलेदेखिनै पूँजी बढाउने उद्देश्यका साथ बोनश शेयरका लागि जोड दिएको हो ।

नेपाल राष्ट्र बैंकले पनि कोभिड १९ का कारण बैंक तथा वित्तीय क्षेत्रमा जोखिम बढेको भन्दै नगद लाभांश वितरणमा रोक लगाउदै आएको छ । राष्ट्र बैंकले बैंकहरुलाई नगद भन्दा पनि बोनश शेयरमा दवाव दिदै आइरहेको छ । यसै क्रममा कतिपय विदेशी लगानी भएका बैंकहरुले लाभांशदरलाई नै घटाइरहेका छन् ।

कम्पनीले जति धेरै जोखिम लिन्छ उसलाई त्यहि अनुसारको पूँजी कोषको आवस्यकता पर्छ । त्यसमा पनि बीमा क्षेत्र जोखिम बहन गर्ने क्षेत्र हो । पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसायिक बृद्धि धेरै छ । उनिहरुको बढ्दो व्यवसाय सँगै कतिपय बीमा कम्पनीहरुलाई थप पूँजीको आवस्यकता देखिइसकेको छ । यसैलाई आधार मानेर पूँजी बृद्धि योजना ल्याउदा कतिपय बीमा कम्पनीहरु ओभर क्यापिटलाइज हुने जोखिम पनि उत्तीकै छ । त्यहि कारणले बैज्ञानिक हिसावले बीमा समितिले जोखिमा आधारित पूँजी सम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको हो । यसो गर्दा जुन कम्पनीले धेरै जोखिम लिएको छ उसले त्यहि अनुसार पूँजी बढाउन पाउछ । अर्को तर्फ थोरै जोखिम लिने कम्पनीले आफ्नो पूँजीलाई बढाउनै पर्ने दवावमा पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS