IME Life New

बीमा कम्पनीमा भएका क्रस होल्डिङ्गको अध्ययन गर्दै समिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


नेपालमा सञ्चालित बीमा कम्पनीहरुमा भएको क्रस होल्डिङ्गको बीमा समितिले अध्ययन गर्ने भएको छ । केही कम्पनीहरुमा एउटै व्यक्ति र समूहको लगानी देखिए पछि समितिले क्रस होल्डिङ्गको अध्ययन गर्न लागेको हो ।

बिमा समितिले जारी गरेको संस्थागत सुशासनका अनुसार कुनै पनि बिमा कम्पनीमा एकाघरका परिवारको १५ प्रतिशत भन्दा बढी लगानी हुनुहुँदैन । त्यस्तै, एउटा कम्पनीमा १५ प्रतिशत हिस्सा भएको व्यक्तिको अर्को कम्पनीमा १ प्रतिशत भन्दा बढी लगानी हुनुहुँदैन । त्यसैगरी एउटै समूहले एकै खालको एक भन्दा बढी कम्पनीमा लगानी गर्न पाउँदैन ।

Crest

जस्तै, एउटा जीवन बीमा कम्पनीमा लगानी गरेको समूहले अर्को जीवन बीमा कम्पनीमा १ प्रतिशत पनि लगानी गर्न पाउँदैन । त्यसैगरी एउटा निर्जीवन बीमा कम्पनीमा लगानी गरेको समूहले अर्को निर्जीवन बीमा कम्पनीमा लगानी गर्न पाउँदैन ।

तर, आईएमई समूह, विशाल समूह लगायतका केही समूहको एक भन्दा बढी कम्पनीमा लगानी भएको पाईएको समितिले बताएको छ । जस्तै आईएमई जीवन बीमा कम्पनीमा आईएमई समूहको ठूलो हिस्सा छ । त्यसैगरी सोही समूहको रिलायवल जीवन बीमा कम्पनीमा पनि लगानी रहेको छ ।

साथै आईएमई जनरल इन्स्योरेन्स कम्पनीमा पनि उक्त समूहको लगानी छ । साथै नेपाल इन्स्योरेन्समा उक्त समूहको लगानी छ । साथै ज्योति जीवन बीमा कम्पनीमा ठूलो हिस्सा रहेको विशाल समूहको नेपाल पुर्नबिमा कम्पनीमा पनि लगानी छ ।

बीमा समितिको निर्देशन अनुसार एउटा कम्पनी भन्दा बढी कम्पनीमा लगानी गर्न नपाईने भए पनि केही समूहको नियमविपरित लगानी गरिरहेका छन् । त्यसैले समितिले यस्ता कम्पनीको अध्ययन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS