IME Life New

बीमा कम्पनीद्वारा कोरोना बीमाको दावी भुक्तानी गर्न अटेर, २९ करोड दावी पेन्डिङमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमा मापदण्ड २०७७ अनुसार निर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गरिसक्नुपर्ने छ । तर सम्पूर्ण कागजातसहित दावी पेश गरेको हप्तौंसम्म पनि बीमा कम्पनीहरुले दावी भुक्तानी नदिएको खुलेको छ ।

एउटै कम्पनीमा ९०० वटासम्म बीमा दावी भुक्तानी पेन्डिङसहित तीन हजार ६५ वटा कोरोना बीमाको दावी भुक्तानी पेन्डिङमा रहेको खुलेको छ । हालसम्म ५७७ वटाको मात्रै दावी भुक्तानी दिइएको छ । कूल दावी परेको संख्या तीन हजार ६४२ पुगेको छ । राष्ट्रिय बीमा कम्पनीमा कूल पेन्डिङ हुने दावीको संख्या ९०० छ । कम्पनीका अनुसार हालसम्म जम्मा १२ जनाको मात्रै दावी भुक्तानी गरिएको छ । बीमा पुलबाट प्राप्त सूचना अनुसार हालसम्म्म २९ करोड २७ लाख रुपैयाँ दावी भुक्तानी बाँकी छ । कोरोना पोजेटिभ भएको पुष्टि भई कागजात पेश गरेको एक साताभित्रैमा बीमा बापतको रकम पाइने भनेर हल्लाखल्लासाथ बिक्री गरेको कोरोना बीमा पोलिसीमाथि परेको करोडौं रुपैयाँ दावी भुक्तानी अल्झिदा समेत बीमा समितिले चासो दिएको छैन । अझ भदौं २९ गतेदेखि लागू गरिएको एकद्वार प्रणालीको कार्यविधि जारी नहुँदा बीमा कम्पनीहरु नै अन्योलमा परेको बताएका छन् ।

Esewa
Crest

कोरोना बीमाको दावी भुक्तानीको लागि सबै कम्पनीहरुले बीमा पुलमा बीमितको विवरण पठाई पुलबाट प्रमाणित भएपछि मात्रै दावी भुक्तानी दिने गरिएको तर बीमा पुलले प्रमाणित गर्न ढिलाई गरेको गुनासो कम्पनीहरुको छ । बीमा पुलबाट विवरण प्रमाणित हुन समय लागेको राष्ट्रिय बीमा कम्पनीले आरोप लगाएको छ । राष्ट्रिय बीमा कम्पनीका एक अधिकारीले भने कूल दावी मध्ये कागजात पुरा भई पुलमा पठाएको सयभन्दा बढि दावी प्रमाणिकरणमा ढिलाई भएको छ । कोरोना बीमा पुल व्यवस्थापक कम्पनी शिखर इन्योरेन्स हो ।

कोरोना बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार कूल बीमा शुल्क संकलन ७७ करोड ९३ लाख सात हजार पुगेको छ । सो मध्ये ७२ करोड रुपैयाँ बीमा पुलमा बचत छ । कोरोना बीमाको दावी भुक्तानी समयमा नहुँदा कोरोना बीमा गरेकाहरुमा रकम नपाउने चिन्ता थपिँदै गएको छ । कोरोना बीमा दावी भुक्तानीको लागि राजनीतिक र प्रसासनिक दवाव आउँदा समेत दावी भुक्तानी गर्न नसकिएको एक बीमा कम्पनीका सिईओले गुनासो गरे । कोरोना बीमाको प्रक्रियागत झन्झटका कारण दावी भुक्तानीमा ढिलाई भएको र यसले सिंगो बीमा क्षेत्रलाई थप बद्नाम हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS