IME Life New

बीमा कम्पनीका लगानीकर्ताले एकै वर्षमा कमाए २ खर्ब ६३ अर्ब रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा सूचिकृत बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले एकै वर्षमा २ खर्ब ६३ अर्ब रुपैयाँ कमाइ गरेका छन्। बीमा कम्पनीको शेयर मूल्यमा आएको उछालका कारण सबैभन्दा धेरै लाभान्वित बीमा कम्पनीका शेयरधनी छन्।

ठिक एक वर्ष अगाडि जीवन बीमा कम्पनीको बजार पुँजीकरण एक खर्ब ४४ अर्ब रुपैयाँ थियो। अहिले जीवन बीमा कम्पनीको बजार पुँजीकरण लगभग तीन खर्ब तीन अर्ब रुपैयाँ भन्दा माथि छ।  त्यस्तै निर्जीवन बीमा कम्पनीको बजार पुँजीकरण एक वर्ष अगाडी ९९ अर्ब ४४ करोड रुपैयाँ थियो। अहिले निर्जीवन बीमा कम्पनीहरुको बजार पुँजीकरण बढेर २ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा तीन वटा नयाँ निर्जीवन बीमा कम्पनी र दुई वटा जीवन बीमा कम्पनी थपिएका छन्।

Esewa
Crest

हाल जीवन बीमा कम्पनीको सूचक १७ हजार ७२७ अंक रहेको छ। एक वर्ष अगाडि ७ हजार ५५४ अंक थियो। एकै वर्षमा जीवन बीमाको सूचक १० हजार १७३ अंकले बढेको हो। त्यस्तै निर्जीवन बीमाको सूचक एक वर्षको अवधिमा ६ हजार ४९ अंकले सुधार भएको छ। हाल निर्जीवन बीमाको सूचक १२ हजार ३५ अंकमा छ। जवकी एक वर्ष अगाडि यसको सूचक ५ हजार ९८६ अंक मात्रै थियो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य एक वर्ष अगाडि जम्मा ११३३ रुपैयाँ थियो। एक वर्षको अवधिमा अधिकतम बढ्ने क्रममा २९०८ रुपैयाँसम्म पुग्यो। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५१ प्रतिशत लाभांसको बुक क्लोज समेत गरिकसेको छ। बुक क्लोज पछि कम्पनीको शेयर मूल्य २३४९ रुपैयाँमा झरेको छ। जवकी एक वर्ष अगाडि शेयर १११३ रुपैयाँमा शेयर किन्नेले लाभांस खाएर पनि दोब्बरले कमाइसकेका छन्।

त्यस्तै एक वर्षको अवधिमा शिखर इन्स्योरेन्स कम्पनीको मात्रै १८४० रुपैयाँले मूल्य बढेको छ। एक वर्ष अगाडि कम्पनीको शेयर मूल्य ७२५ रुपैयाँ थियो। अहिले २५२३ रुपैयाँमा कारोबार भैरहेको छ।

त्यस्तै अन्य बीमा कम्पनीको शेयर मूल्यमा अत्याधिक उछाल आएको छ। बीमा कम्पनीको शेयर पुँजी बाणिज्य बैंकको तुलनामा धेरै कम हुन्छ। त्यसमा पनि ३० प्रतिशत मात्रै बजारमा खरिद बिक्रीका लागि योग्य हुन्छ। सर्वसाधारण समुहको ३० प्रतिशत मध्ये पनि ठुला लगानीकर्ता भएका कतिपय कम्पनीको शेयर बजारमा पाइदैन। यसले गर्दा दोस्रो बजारका खेलाडिको रोजाइमा बीमा कम्पनी पर्ने गरेको पाइन्छ।

बीमा कम्पनीका कारण पछिल्लो समय समग्र सूचकमै टेवा पुगिरहेको छ। शेयर बजार ११ सयको लाइनबाट सुधार हुँदै अहिले २४२५ अंक पुगिसकेको छ। सबैभन्दा ठुलो हिस्सा रहेको बाणिज्य बैंकको सूचकमा खासै सुधार नहुँदा पनि नेप्से सूचक २४ सय पुग्नुमा सबैभन्दा ठुलो योगदान बीमा कम्पनीको रहेको छ।

सूचीकृत अन्य कम्पनीको तुलनामा बीमा कम्पनीको लाभांस धेरै कम हुन्छ। नियामक निकाय तथा प्रचिलित कानुनले बीमा कम्पनीहरुलाई अत्याधिक लाभांस वितरणमा रोक लगाइरहेका हुन्छ। बीमा कम्पनीहरुले बीमितको अर्बौ रुपैयाँको दायित्व बहन गरिरहेका हुन्छन्। भोलिका दिनमा भुक्तानी गर्नु पर्ने दायित्वलाई अहिलेदेखिनै सूरक्षित गर्नु पर्ने भएकाले बीमा कम्पनीहरुलाई लाभांसमा अंकुस लगाइएको हो।

दोस्रो बजारमा लाभांस भन्दा पनि पुँजीगत लाभका लागि लगानीकर्ताहरुले कारोबार गरिरहेका हुन्छन्। १० अर्ब रुपैयाँका बाणिज्य बैंकको शेयर तलमाथि पार्न गाह्रो पर्ने भएकाले लगानीकर्ताले बीमा कम्पनीको शेयरमा बढि लगानी गर्छन्। अन्य कम्पनी तथा पोर्टफेलियमा गरिएको लगानी भन्दा बीमा कम्पनीको शेयरमा गरिएको लागानीबाट उच्च प्रतिफल पाइने भएकाले लगानीकर्ताको आकर्षण बीमा कम्पनीको शेयरमा देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS