IME Life New

बीमालेख समर्पण दर वर्ष दिनमै दाेब्बरले बढ्याे, के हाे कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । जीवन बीमा कम्पनीहरुबाट जारी गरिएकाे बीमालेख समयावधि पुरा नहुँदै रकम झिक्ने क्रम एक वर्षकाे अन्तरालमा दाेब्बरले वृद्धि भएकाे छ। पछिल्लाे समयमा बै‌क वित्तीय स‌ंस्थामा तरलताकाे अभावका कारण पैसाकाे जाेहाे गर्ने विकल्पकाे खाेजीमा बीमितले लाभहानीकाे मतलब नै नगरी असमयमै बीमालेख समर्पण गर्ने प्रवृत्ती बढेकाे हाे ।

प्रतिवेदनमा उल्लेख भए अनुसार अघिल्लाे आर्थिक वर्ष २०७७।७८ मा बीमालेख समर्पण दर ४.२ प्रतिशत रहेकाेमा गत आर्थिक वर्ष २०७८।७९ मा दाेब्बर भन्दा बढीले वृद्धि भएर ८‍.८ प्रतिशत पुगेकाे छ। गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले बीमितले बीमा अवधि पुरा नहुँदै जीवन बीमालेख समर्पण गर्दा १२ अर्ब १८ कराेड रुपैयाँ भुक्तानी गर्नुपरेकाे थियाे । गत आवमा जीवन बीमा कम्पनीले बीमितबाट प्रथम् बीमाशुल्क र नविकरण बीमाशुल्क समेत कूल १ खर्ब ३८ अर्ब ३५ कराेड रुपैयाँ बीमाशुल्क स‌ंकलन गरेका थिए ।

Esewa
Crest

आर्थिक वर्षभित्र जीवन बीमा कम्पनीकाे कूल स‌ंकलित बीमाशुल्ककाे तुलनामा बीमालेख समर्पणवापत बीमितले भुक्तानी लिएकाे रकमकाे तुलनाका आधारमा समर्पण दर तय गरिन्छ।

जीवन बीमा कम्पनीले  ५ देखि २५ वर्षसम्मका लागी बिक्री गरेकाे बीमालेखहरू बीमितले पैसाकाे अभाव, खराब बाेनश दर, बीमालेखमा निहित विशेषता मन नपरेकाे, अभिकर्ता वा बीमा कम्पनीबाट प्राप्त खराब सेवा वा अरू कसैकाे उक्साहटमा बीमालेख समर्पण गर्ने प्रवृत्ती देखिएकाे छ। पछिल्लाे समयमा मन्दीका कारण व्यापार व्यवसायमा लगानीका लागी वा व्यक्तिगत  आवश्यक्ता,घर व्यवहार चलाउनका लागी समेत पैसाकाे अभाव हुन थालेपछि बीमालेख समर्पणका लागी बीमितलाई दुरुत्साहन मिलि रहेकाे छ।

बीमालेख समर्पणमा  बीमितकाे क्रय क्षमतालाई उपेक्षित गर्दै जीवन बीमा कम्पनी र अभिकर्ताले बीमालेख बिक्री गर्ने प्रवृत्ती पनि जिम्मेवार छ।

जीवन बीमालेख निर्देशिका २०७९ का अनुसार सावधिक बीमालेखकाे हकमा बीमितले ३ वर्षकाे किस्ता तिरेकाे र बीमालेख जारी गरेकाे ३ वर्ष अवधि पुरा भएकाे अवस्थामा मात्र बीमालेख समर्पण गर्न सक्ने प्रावधान छ।यसबाहेक एकल बीमाशुल्क भुक्तानी गरेर जारी गरिएकाे जीवन बीमालेखकाे हकमा पनि बीमालेख जारी गरेकाे मितिबाट ३ वर्ष पुरा भएपछि मात्र बीमितले बीमालेख समर्पण गर्न सक्नेछन् । बीमा अवधि पुरा नहुँदै बीमालेख समर्पण गर्दा बीमितलाई प्रत्यक्ष नाेक्सानी हुन्छ। कम्तीमा ६ वर्ष पुरा नहुँदै समर्पण गरेकाे अवस्थामा बीमितले भुक्तानी गरेकाे बीमाशुल्क रकमभन्दा पनि थाेरै रकम समर्पण मूल्यवापत भुक्तानी प्राप्त हुने भएकाले बीमितका लागी याे आर्थिक नाेक्सानीकाे लागी उपलब्ध विकल्प हाे ।

महालेखा परिक्षककाे कार्यालयले नेपाल बीमा प्राधिकरणलाई बीमालेख समर्पणकाे कारणबारे अध्ययन गरेर यसबाट बीमा व्यवसायमा पर्ने प्रभावकाे समेत यकीन गर्दै नियन्त्रणका लागी बीमा कम्पनीहरुलाई निर्देशन दिन सुझाएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

71%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS