IME Life New

बीमालेख धितोमा कूल ४५ अर्ब ७६ करोड कर्जा प्रवाह, कुन कम्पनीको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ४५ अर्ब ७६ करोडरुपैयाँ कर्जा प्रवाह गरेका छन् । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको हो ।


जीवन बीमालेख धितो कर्जा बीमितले गरेको बचतबाट प्रवाह हुने सुरक्षित कर्जा मध्येको एक हो । बैंकहरुमा राखिने मुद्दति निक्षेप भन्दा बीमालेख धितोकर्जा बढि सुरक्षित प्रतिफलमूलक हुन्छ ।जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको वित्तीय विवरणले देखाएको छ ।

Esewa
Crest

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले चालु आर्थिक वर्षकोे असोज महिनासम्ममा १६ अर्ब ८९ करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी, लाईफ इन्स्योरेन्स कर्पोरेशनले १३ अर्ब ९ करोड रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले ५ अर्ब ३६ करोड रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, एशियन लाइफले २ अर्ब ७३ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब २८ करोड रुपैंयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।मेट लाइफको बीमालेख धितोमा प्रवाह भएको कर्जा निकै न्यून छ । कम्पनीले जम्मा ९९ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, सूर्या लाइफले ९५ करोड ९४ लाख रुपैयाँ, गुराँस लाइफले ८७ करोड १ लाख रुपैयाँ, यूनियन लाइफले ८१ करोड ८३ लाख रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७० करोड ७६ लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

कम्पनीहरुले पक्राशन गरेको वित्तीय विवरण अनुसार सानिमा लाइफले ४८ करोड ५८ लाख रुपैयाँ, ज्योति लाइफले ३७ करोड १० लाख रुपैयाँ, प्रभु लाइफले ३४ करोड ४४ लाख रुपैयाँ, सिटिजन लाइफले १७ करोड ८२ लाख रुपैयाँ, रिलायन्स लाइफको १७ करोड रुपैयाँ, आइएमई लाइफले १६ करोड ८३ लाख रुपैयाँ, सन नेपाल लाइफले १६ करोड ५७ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १३ करोड ४२ लाख रुपैयाँ र रिलायबल लाइफले २ करोड रुपैयाँ भन्दा माथि जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS