IME Life New

बीमाङकी अध्ययन गर्न चाहनु हुन्छ ? अध्ययनका लागी के गर्नुपर्छ पूर्ण जानकारी।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमाङकी बीमा कम्पनी, बीमा समिति लाई मात्रै आवश्यक पर्दैन । बीमा कम्पनी, बीमा समिति बाहेक राष्ट्र बैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, सञ्चय कोष, नागरिक लगानि कोष जस्तामा बीमाङकी को आवश्यकता पर्दछ ।
मासिक रुपमा नै ४० देखि ५० लाख कमाई गर्न सकिने यो पेशा प्रति मान्छेहरु आकर्षित भए पनि नेपालमा यो बिषय सम्बन्धी पठनपाठनको नहुँदा यो पेशा प्रति इच्छाईएका व्यक्तिहरु पनि विदेश पलायन हुनु पर्ने बाध्यता थियो । नेपालमा बीमा कम्पनीहरुको संख्या ४९ रहेको छ । तर पनि नेपालमा बीमाङकी गर्ने मान्छेको अभाव रहँदा बीमा कम्पनीहरु आफ्नो वासलात तथा बीमालेख का लागि बाहिरी मुलुकका बीमाङकीलाई महङगो रकम दिएर ल्याउनु पर्ने बाध्यता रहेको पाईन्छ ।

बीमाङकीय विज्ञान विषय नेपालमै पढाई हुन्छ
त्रिभुवन विश्वविद्यालयले नेपाल मै पहिलो पटक विस २०७३ साल असोज महिना देखि बीमाङकीय विषय अध्यापन गराउँदै आएको छ । स्कुल अफ म्याथम्याटिकल साईन्स नामक संस्थाममा बीमाङकीय विषय पठनपाठन हुने गरेको छ । ४ वर्षसम्म पढाई हुने यो कोर्समा ८ वटा सेमेष्टर रहेका हुन्छन् । बीमाङकी बाहेक क्यापिटल मार्केट, बैंकिङ, जनरल इन्स्योरेन्सको पढाई हुन्छ । ४ वर्षे यस कोर्समा पाँच वटा विषय पढाई हुन्छ । एक्चुअरी मात्रै नभएर इन्स्योरेन्स कम्पनीको अरु डिपार्टमेन्टमा पनि काम गर्न सक्ने उद्देश्यले यी विषयहरु पठनपाठन गराईन्छ ।

Esewa
Crest

शुरुका २ वर्षसम्म फाउन्डेसन कोर्स
शुरुका २ वर्ष सम्म फाउन्डेसन कोर्स पढाई हुन्छ । यो समयआवधिमा म्याथ, कम्प्युटर र स्टाट पढाई हुन्छ । बीमाङकी बीमा कम्पनीमा मात्र उपयोगि नभई फाईनान्सीयल क्षेत्रका लागि समेत उपयोगि हुने भएकाले शुरुका २ वर्षसम्म यी विषयहरु अध्यापन गराईने संस्थाका प्राध्यापक तथा प्रोग्राम कोअडिनेटर केशव राज फुलाराले बताए ।

बीमाङकीय विषय पढ्नका लागि प्लस टु उत्तीर्ण
बीमाङकी विषय पढ्नका लागि जुनसुकै संकायमा प्लस टु दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनु पर्ने छ । साथै १०० पूर्णाङको गणित विषय अनिवार्य रुपमा पढेको हुनु पर्ने छ ।

शुल्क कति लाग्छ ?
यो विषय पढ्नका लागि ४ लाख रुपैयाँ लाग्ने छ । यस अघि ३ लाख ७० हजार शुल्क कायम गरिएको थियो भने यस वर्ष देखि चाहिँ ४ लाख लाग्ने भएको छ । एउटा सेमेष्टर बराबर ५० हजार लाग्ने छ । शुल्क चाहिँ समेष्टर पिच्छै बुझाउनु पर्ने हुन्छ ।

गरिव विधार्थीहरु लक्षित/उत्कृष्ट लाई छात्रावृत्ति
यस संस्थाले ३६ जनाको कोटामध्ये ४ जनालाई बिना शुल्क नै अध्ययन गर्ने अवसर प्रदान गरेको छ । प्रवेश परीक्षा टपर एक जना, सरकारी विद्यालयबाट एसएलसी र प्लस टु पास गरेका विधार्थीहरुमध्ये पनि जसको धेरै अङक छ उनीहरु बाट ३ जना छानिन्छ । गरिब वर्गका विधार्थीहरु लाई लक्षित गरेर यो योजना ल्याएको केशव राजले फुलाराले बताए ।

प्रयोगात्मक पठनपाठनमा जोड
प्रत्येक सेमेष्टरमा एउटा विषयको ७५ पूर्णाङको प्रयोगात्मक हुन्छ् । यस मध्ये ४५ अङकको फाईनल, ३० पूर्णाङकको आन्तरिक हुन्छ । आन्तरिकमा ६ अङक, गृहकार्यको ६ अङक, ६ अङक हाजिरी र ६ अङकको प्रेजेन्टेशनको अङक जोडिन्छ ।

त्रिभुवन विश्वविधालय अनुसारको नियम अनुसार नै परीक्षा साथै भर्ना प्रक्रिया गरिन्छ । शुरुका वर्षहरुमा विधार्थी कम आउने गर्थे । तोकिएको कोटा नै खालि हुने गथ्यो । तर अहिले विद्यार्थीैहरुको चाप रहेको छ । यस बिचमा हामिले सामाजिक सञ्जालका साथ साथै आफैँ पनि कलेज कलेजमा गएर यस विषयका बारेमा जानकार गरायौ, सायद त्यसैको असर होला केशव राज फुलाराले बताए । “पहिला विधार्थीहरुलाई फकाई फकाई ल्याउनु पथ्र्यो, अहिले मोवाईल स्वीच अफ गरेर बस्नु पर्ने अवश्था आएको छ,” उनले भने । पहिलो वर्ष ३६ जनाको कोटामा २६ जना विधार्थी भर्ना भएका थिए । यसै गरि दोस्रोमा २५ जना भर्ना भएका थिए । अहिले तेस्रो समेष्टरको पढाई भईरहेको छ । ६/६ महिनामा फाईनल परीक्षा हुन्छ । त्यसको बीचमा दुई वटा इन्टरनल परीक्षा हुन्छ । चार वर्षको कोर्ष पास गरेपछि पनि इनट्रन गरे पछि मात्रै उनीहरुले लाईसेन्स प्राप्त गर्ने छन् ।

हाल भारतमा सर्टिफाई एक्चुअरीको संख्या ३३० रहेको छ । अमेरिका जस्तो मुलुकमा पनि ३,००० सर्टिफाई एक्चुअरि रहेका छन् । भारतको बिरेला इनस्योरेन्स कम्पनीले यस विद्यालयमा अध्यनरत विधार्थीहरु लाई ईन्टर्नको अफर पनि गरेको छ । इन्र्टन पश्चात पनि रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको फुलाराले बताए ।
यस विषय अध्ययन गर्नका लागि छात्राहरुको पनि सहभागिता रहेका छन् । शुरुको व्याचमा ८ जना , दोस्रो १० जना र तेस्रो ५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS