IME Life New

भोटेकोशी बाढी पीडितलाई छिटो बीमा दाबी दिलाउन कार्यविधि जारी गर्दै बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ। गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट क्षति व्यहोरेका पीडितहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा बीमा दाबी भुक्तानी उपलब्ध गराउन नेपाल बीमा प्राधिकरणले छुट्टै ‘दाबी कार्यविधि’ लागू गर्ने तयारी गरेको छ।

सरकारको निर्देशन बमोजिम तयार पारिन लागेको उक्त कार्यविधि अनुसार अब भदाै १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिम बाढीका कारण बीमा सम्बन्धी कागजपत्र गुमाएका पीडितहरूले जटिल कागजी प्रकृया पुरा गर्नु पर्नेछैन।

Esewa
Crest

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह (गाउँ, नगरपालिका वा वडा) वा नेपाल प्रहरीमध्ये कुनै एक सरकारी निकायले जारी गरेको सिफारिस तथा प्रमाणका आधारमा नै बीमा कम्पनीहरूले क्षतिपूर्ति रकम बा जीवन बीमा दाबीवापतको भुक्तानी गर्न सक्नेछन् ।

असामान्य परिस्थिति भएकाले नेपाल सरकारको निर्देशन बमोजिम प्रभावितहरूको राहतका लागि कार्यविधी ल्याउने गृहकार्य भइरहेको छ, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीले भने, यसका लागि बीमकहरूको तर्फबाट पनि सुझाव प्राप्त गरेका छाैं ।

दाबी र क्षतिपूर्ती सम्बन्धी व्यवस्थालाई पारदर्शी बनाउन शर्तसहितको अग्रिम भुक्तानीका रूपमा लागू गर्ने तयारी छ। यदि भविष्यमा बेपत्ता भनिएका व्यक्ति वा क्षति भएको भनिएको सम्पत्ति सकुशल फेला परेको पुष्टि भएमा बीमा वापत प्राप्त रकम फिर्ता गर्नुपर्ने शर्त कार्यविधिमा समावेश गर्ने संभावना छ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, भोटेकोशीको बाढीका कारण पहिरो तथा डुबानमा परेर हराएका ५ हजार ७४५ जनाको अवस्था अझै पनि अज्ञात छ। बाढीपहिरोमा परेर ज्यान गुमाएका १ हजार ४५१ जनाको शव फेला परेकोमा ५३० जनाको मानव अंग मात्र फेला परेकाले पहिचान हुन सकेको छैन । निर्जीवन बीमकले उपलब्ध गराएको प्रारम्भिक विवरण अनुसार, मोटरगाडी, गोदाम, जलविद्युत आयोजना, उद्योग र पसल सहितको १७ अर्ब भन्दा बढीको क्षतिपूर्ती दाबी पर्ने आंकलन छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS