IME Life New

बीमाको १ करोड कुम्ल्याउन साथीको हत्या, रचे आफ्नै मृत्युको नाटक, यसरी खुल्यो रहस्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमाको रकम हत्याउन थुप्रै आपराधिक गतिविधि भइरहेका छन्। विश्वमै दैनिकजसो यस्ता घटना घटिरहेका छन्। छिमेकी मुलुक भारतमा आपराधिक योजना बनाएर बीमा रकम कुम्ल्याउने दाउ गरेका घटना निकै बढ्न थालेका छन्।

भारतको तमिलनाडुमा फेरि अर्को सनसनीपूर्ण घटना घटेको छ। एक व्यक्तिले बीमाको एक करोड रकम हडप्न आफ्नो मृत्युको नाटकमात्रै रचेनन्, साथीको पनि हत्या गरे। चेन्नईमा एक करोड भारुको बीमा भुक्तानी दाबी गर्न ती व्यक्तिले आफ्नै मृत्युको नाटक गरेर उसको विवरणसँग मिल्ने आफ्नै साथीको हत्या गरेको चेन्नई पुलिसको अनुसन्धानबाट खुलेको हो। यस घटनामा संलग्न अभियुक्त र उनका दुई साथीलाई प्रहरीले पक्राउ गरेको छ।

Esewa
Crest

प्रहरीका अनुसार अयानावरमका सुरेश हरिकृष्णनले जीवन बीमामा १ करोड रुपैयाँ दाबी गर्न आफ्नो मृत्युको नक्कली योजना बनाएका थिए । त्यसपछि उनले आफ्ना दुई साथीसँग मिलेर आफ्नो उमेर र शारीरिक रुपमा आफूसँग मिल्ने सम्भावित मानिस खोज्न थाले।

प्रहरीका अनुसार तीनैजना मिलेर १० वर्षअघि चिनेका डिल्लीबाबु नामका व्यक्तिको खोजी गरे। उनी पनि अयानावरमका बासिन्दा थिए। त्यसपछि सुरेश डिल्लीबाबु र उनकी आमासँग नजिक भए र नियमित भेटघाट गर्न थाले। गत सेप्टेम्बर १३ मा तीनैजनाले दिल्लीबाबुलाई रक्सी खुवाउन पुडुचेरी लगे। प्रहरीका अनुसार रक्सी सेवन गरेपछि उनीहरुले डिल्लीबाबुलाई चेंगलपट्टु नजिकैको खाली जग्गामा लगे। त्यहाँ उनीहरुले पहिले नै एउटा झुपडी बनाएका थिए । सेप्टेम्बर १५ को राति सुरेशले मदिराको नशामा डिल्लीबाबुको घाँटी थिचेर हत्या गरे र झुपडीभित्र शव राखेर आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यस दिनदेखि सुरेश बेपत्ता भए।

सुरेश बेपत्ता भएपछि परिवारजनले उनको आगोमा जलेर मृत्यु भएको अनुमान गरी दाहसंस्कार पनि गरे । यसैबीच दिल्लीबाबुकी आमा लीलावतीले छोरा हराएको उजुरी प्रहरीमा दिइन्। प्रहरीबाट कुनै कारबाही नभएपछि उनी मद्रास उच्च अदालत पुगिन्।

सेप्टेम्बर १६ मा प्रहरीले आगो लगाइएको झुपडीभित्र जलेको अवस्थामा एउटा शव फेला परे। अनुसन्धान गर्दा उक्त शव सुरेश रहेको हुन सक्ने स्थानीयबाट प्रहरीले थाहा पाए। शव परिवारजनले लगेर फेरि अन्तिम संस्कार गरे।

उता लीलावतीले छोरा बेपत्ता भएको दिन सुरेशसँगै बाहिर गएको र मोबाइलमा छोरासँग कुरा गरेको बताइन्। त्यसपछि प्रहरीलाई शंका लाग्यो अनि फेरि सुरेशको गाउँ पुग्यो। त्यसपछि डिल्लीबाबुको मृत्युमा मृत आशंका गरिएका सुरेश नै जिम्मेवार भएको प्रहरी अनुसन्धान पत्ता लाग्यो।

प्रहरीले हत्यामा संलग्नहरुको सेलफोन ट्रेस गरी जलेको झुपडी नजिकै उनीहरुको फोनको सिग्नल सक्रिय रहेको पत्ता लगायो । प्रहरीले हत्यामा संलग्न सुरेशका अन्य साथीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढायो। पक्राउ परेकाहरुले प्रहरीसँगको बयानमा सुरेश जीवितै रहेको बताए। अनि प्रहरीले सुरेशलाई पनि केही दिनभित्रै पक्राउ गर्न सफल भयो। सोधपुछमा सुरेश र कीर्ति राजनले डिल्लीबाबुको हत्या गरेको स्वीकार गरे। हाल उनीहरु कारागारमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS