IME Life New

बीमाको वारेमा मलाई थाहा छैन भन्ने अवस्था हट्यो : सिलवाल, दायरा बढाउने सबैको प्रण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५५ औ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा काम गर्ने सबै जना एउटै परिवारको सदश्य भएको हुँदा मिलेर काम गर्नु पर्ने बताएका छन् ।

बीमा प्राधिकरण स्थापना भएको ५५ वर्ष पुरा भइसक्दा पनि बीमाले जुन किसिमको व्यापकता पाउनु पर्ने हो त्यो नपाइएको अध्यक्ष सिलवालको विश्लेषण छ । तर पछिल्ला दुई वर्षमा बीमाले धेरै फड्को मारेको उनको दाबी छ । उनले भने ‘हामीले बीमाको वारेमा मलाई थाहा छैन भन्ने अवस्थालाई हटाएका छौ ।’

Esewa
Crest

प्राधिकरणले बीमाको सामान्य कुराहरुलाई बुझाएको भन्दै सिलवालले बीमा कम्पनीहरुलाई पोलिसी मार्फत आफुलाई परिमार्जन गर्न अनुरोध गरेका छन् । बीमाको इतिहासमा यति ठुलो भेला अहिलेसम्म नभएको अध्यक्ष सिलवालले दाबी गरे ।

प्राधिकरणले ‘बीमा गरौ ढुक्क बनौ’ भन्ने नारा सहित ५५ औ वार्षिकोत्सव बनाइरहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा उनले बीमालाई अझै चुस्त दुरुस्त ढङ्गले अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रभातफेरीलाई संबोधन गर्दै जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणको ५५ औ वार्षिकोत्सव बीमा क्षेत्रका सबैको लागि गर्वको दिन भएको बताएका छन् । बीमा क्षेत्रलाई अझ विश्वासिलो र गर्विलो बनाउदै जानु पर्ने भन्दै अध्यक्ष पौडेलले सबैको संयुक्त प्रयासमा मात्रै यो सम्भव हुने बताए ।

प्रभातफेरीमा संलग्न भएका बीमा कर्मीहरुको ठुलो उपस्थितिले बीमा क्षेत्रको गरिमालाई बढाएको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । यो समुहले बीमाको पहुँच बढाउन गाउँघरमा पुग्नु पर्ने उनको तर्क छ । प्रभातफेरी कार्यक्रममा सम्पुर्ण बीमा कम्पनीहरुले प्लेकार्ड र व्यानर सहित उपस्थिति जनाएक थिए । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS