IME Life New

बीमाको रकम कुम्ल्याउन बने नक्कली भालु, आफ्नै रोल्स रोयस कारमा हमला, अहिले प्रहरी हिसासतमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ४ व्यक्तिले बीमा रकम हत्याउन अनौठो नाटक रचेको खुलासा भएको छ। कारको बीमा दाबी रकमका लागि उनीहरुले नक्कली भालु बनेर आफ्नै कारमा आक्रमण गर्ने नाटक रचेको खुलेको हो। बीमा दाबी पेसका लागि दिइएको भिडियोमा कम्पनीलाई शंका लागेपछि यस विषयमा अनुसन्धान थालिएको थियो।

क्यालिफोर्नियाका प्रहरी अधिकारीहरुले बीमा धोखाधडीको षड्यन्त्रलाई ‘अपरेसन बियर क्लाउ’ नाम दिएका छन्। जुन यस वर्षको जनवरीमा सुरु भएको थियो। जब संदिग्ध ४ जनाले लेक एरोहेडमा पार्क गरिएको आफ्नो २०१० मोडलको रोल्स रोयस कारलाई भालुले आक्रमण गरेको दाबी गरे। यस हमलामा कारको भित्री भागमा नराम्ररी क्षति पुगेको थियो।

Esewa
Crest

कारमा भालु आक्रमण भएको दाबी गरिएको क्षेत्र सान बर्नार्डिनोस्थित छ। जुन कालो भालुको ठूलो जनसंख्याका लागि प्रसिद्ध छ। ती संदिग्धले बीमा कम्पनीलाई दिएको भिडियो फुटेज निकै शंकास्पद थियो। फुटेजमा भालुले रोल्स रोयसको पछाडिको सिटमा पसेको र चिथोरेको देखाएको छ। तर, भिडियोमा केही यस्ता गतिविधि देखियो, जसले फर्जी खेलको आशंका बढायो।

क्यालिफोर्नियाको माछा र वन्यजन्तु विभागले राज्यमा कालो भालुमात्रै प्रजाति भएको जनाएको छ। कारमा आक्रमण गरेको देखेको भालु हल्का खैरो थियो। साथै, यसको गतिविधि पनि भालुको जस्तो थिएन।

भिडियोलाई थप अनुसन्धान गर्दा भालु नभई भालुको पहिरन लगाएका व्यक्ति भएको पत्ता लाग्यो। विभागले क्यालिफोर्नियाको माछा र वन्यजन्तु विभागका एक जीवविज्ञानीले उक्त भिडियोको समीक्षा गरेका थिए। उनले यो पनि स्पष्ट रुपमा भालुको पोसाकमा मानिस भएको बताए।

अन्वेषकहरुले पछि पत्ता लगाए कि ती ४ जना संदिग्धले अन्य लक्जरी गाडीहरुमा भालु आक्रमणसँग सम्बन्धित थप २ बीमा दाबी पेस गरेका थिए– एउटा २०१५ मोडलको मर्सिडिज जी६३ र अर्को २०२२ मोडलको मर्सिडीज ई३५०। यस्तो अवस्थामा पहिलो दाबीको भिडियो फुटेज जाँच गरेपछि अन्य दाबी पनि एक किसिमको ठगीको षड्यन्त्र हो भन्ने धेरै हदसम्म प्रस्ट भएको थियो।

त्यसपछि क्यालिफोर्नियाका पुलिस अधिकारीहरुले ती ४ जना संदिग्धको घरमा खानतलासी गरे। यस क्रममा भालुको पहिरन फेला परेको थियो। जसमा कपाल भएको टाउको, पन्जा र हानी पुर्याउने धारिलो पन्जाको आकारको धातुका औजार थिए।

मुद्दा हाल समीक्षाधीन छ। तर, दोषी पाइएमा ती संदिग्धहरुलाई बीमा कम्पनीको लगभग १ लाख ४२ हजार डलर धोकाधडी गर्न खोजेकोमा जेल हुन सक्छ। अहिले सबैजना प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS