IME Life New

बीमाकर्मी सुदर्शन गिरीको ‘अभिकर्ता मार्गदर्शन’ पुस्तक लोकार्पण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करिब आधा दर्जन विश्वबिध्यालय स्तरका पुस्तक लेखेर शैक्षिक क्षेत्रमा नाम कमाईसकेका एलआईसी नेपालका वर्तमान कम्पनी सचिव एवं सूचना अधिकृत सुदर्शन गिरीले बीमा क्षेत्रमा एउटा छुट्टै अभिकर्ता मार्गदर्शन नामक पुस्तक प्रकाशन गरेका छन् । बीमाको विषयवस्तुहरुलाई सरल भाषामा समेटेर एलआइसी नेपाल नेपाल मातहत तयार गरिएको उक्त पुस्तकको लोकार्पण गत सोमबार एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा एक कार्यक्रमकाबीच कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत  लक्ष्मी प्रसाद दास, नायब कार्यकारी अधिकृत  टी वर्णवाल र सुचना प्रविधि प्रमूख सञ्जीव अग्रवालले संयुक्त रुपमा गरे ।

Esewa
Crest

लोकार्पण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक लक्ष्मी प्रसाद दासले नेपालमा आफुले कार्यभार सम्हाले देखिनै अभिकर्तामैत्री अध्ययन सामग्रीको अभाव महशुस गरेको र एउटा नेपाली भाषामा बीमासम्बन्धी सरल पुस्तक छपाउन देखेको सपना आज पुरा भएको बताए । सो कार्यक्रममा बोल्दै उनले बीमा अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड भएका, बीमा उत्पादनहरूलाई बजारमा पुर्‍याउन, ग्राहकहरूलाई बीमाको महत्व बारे प्रकाश पार्न र बीमा व्यवसायको दायरालाई फराकिलो बनाउने बीमा अभिकर्ताको भूमिका लाई यस पुस्तक सहयोगी बन्न सक्ने विश्वास लिएको बताए ।

त्यसै गरी नायब कार्यकारी अधिकृत  वर्णवालले यस पुस्तकबाट बीमा कम्पनी, बीमित, बीमा अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी, विद्यार्थी र बीमासँग सरोकार राख्ने सबै व्यक्तिहरू लाभान्वित हुने अपेक्षा गरेको भन्ने आफ्नो भनाई राखेका थिए ।

प्रस्तुत पुस्तकले बीमाको आधारभूत ज्ञान सम्बन्धी परिचय दिदै, संभावित ग्राहक खोजी गर्ने, ग्राहकहरूसंग कसरी संवाद गर्ने, दावी भुक्तानी सम्बन्धी वर्तमान व्यवस्था, बीमितको हितका कानूनी प्रवाधानहरू, बीमाअभिकर्ताको आचार संहिता लगायत एलआइसी नेपालका बीमा उत्पादनहरूलाई सरल रुपमा समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS