IME Life New

बीमांकी रोष्टरमा आवेदनका लागि एक महिना थप

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


बीमा समितिले निर्माण गरेको बीमांकी रोष्टरमा आवेदन दिनका लागि एक महिना अवधि थप गरिएको छ । समितिले तोकेको अवधिमा पर्याप्त मात्रामा आवेदन नआएपछि समितिले एक महिना थप गरेको हो । बीमा समितिले गत चैत्र १३ गते दोस्रो सुचना जारी गरी आवेदन दिनका लागि आह्वान गरेको समितिकी प्रवक्ता पूजन ढुगेंलले बताईन् । उनका अनुसार आगमी बैशाख १२ गतेभित्रमा इच्छुक बीमांकीले आवेदन दिन सक्नेछन् ।

नेपाली बीमा कम्पनीहरुले भोग्दै आएको बीमांकीको समस्या समाधान गर्न बीमा समितिले बीमांकी रोष्टर निर्माण गर्ने भएको छ । समितिले निर्माण गरेको रोष्टरमा सबै बीमांकीहरुलाई सुचीकृत हुन समेत आवहन गरेको छ ।

Crest

जीवन बीमा कम्पनीले बीमांकीद्धारा बार्षिक रुपमा वित्तीय विवरण तयार पार्दछन् । त्यसैगरी बीमांकीद्धारा नै नयाँ बीमालेख निर्माण गर्नुपर्छ । तर, नेपालमा एउटा पनि बीमांकी नभएपछि नेपाली बीमा कम्पनीहरु भारतीय बीमांकीको भर पर्दै आएका छन् । यद्यपी नयाँ बीमा कम्पनीहरुलाई अनुभवी बीमांकी पाउँने भने कठिन हुदै आएको समितिले बताएको छ ।

बीमा कम्पनीहरुले बीमालेख बनाउँदा वा बार्षिक वित्तीय विवरण बनाउँदा बीमांकी नियुक्त गर्नुपर्छ । यसरी कम्पनीले बीमांकी नियुक्त गरेपछि बीमा समितिसँग अनुमती लिनुपर्छ । बीमा समितिले पनि आफुले नियुक्त गरेको बीमांकीसँगको सल्लाह पछि मात्रै कम्पनीलाई बीमांकी नियुक्त गर्ने अनुमती प्रदान गर्छ । यो सबै प्रक्रिया झन्झटिलो भएपछि समितिले बीमांकी रोष्टर निर्माण गरेको हो ।

उक्त रोष्टरमा जुन सुकै मुलकमा बीमांकी सुचीकृत हुन पाउँनेछन् । यसको लागी बीमांकी अध्ययन गरी बीमांकी सोसाईटीबाट लाईसेन्स प्राप्त गरेको हुनुपर्नेछ । अन्तराष्ट्रिय बीमांकीले प्रत्यक्ष रुपमा समितिसँग आबद्ध हुन पाउँनेछन् । समितिले छनौट गरेका बीमांकीसँग बीमा कम्पनीहरुले काम गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS