IME Life New

राधी विद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १.४७५२ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर कार्तिक १७ गते बाँडफाँड गरेको हो।

कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि ९५ लाख ३५ हजार ७६०.९९ कित्ता शेयर निष्काशन गरेको थियो। उक्तमध्ये रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ शेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता शेयर बाँडफाँड गरेको हो।

Esewa
Crest

बाँडफाँड नभएको १३ लाख ५२७.९९ कित्ता शेयर कम्पनी लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्नेछ। हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँड नभएको हकप्रद शेयरबापतको रकम कात्तिक २० गतेदेखि आइपीएस मार्फत बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS