IME Life New

बीमक संघको बैठकमा वित्तीय र प्रशासनिक अनुशासनमाथि छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघको कार्य समितिको मंगलबार काठमाडौंमा सम्पन्न बैठकमा बीमा क्षेत्रलाई सकारात्मक सुधार गर्ने विषयमा छलफल भएको छ ।

स्रोतका अनुसार बैठकमा वित्तीय र प्रशासनिक अनुशासन कायम गर्ने विषयमा छलफल भएको हो । वित्तीय अनुशासन अन्तर्गत बीमा क्षेत्रमा बढेको गलत बीमा दावी नियन्त्रण गर्ने, प्राईस कटिङ तथा कृषि बीमामा भइरहेको गलत प्रवृत्ति अन्त्य गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक सदस्यले इन्स्योरेन्स खवरलाई बताए ।

Esewa
Crest

त्यस्तै प्रशासनिक अनुशासन कायम गर्ने विषयमा पनि छलफल भई अलिखित सहमति बनेको जनाइएको छ । एउटा कम्पनीमा काम गर्ने कर्मचारीलाई सो कम्पनीले क्लीयरिफिकेशन नदिएसम्म अर्को बीमा कम्पनीमा काममा नलगाउने सहमति बनेको जनाइएको छ । संघको बैठकले कुनै औपचारिक निर्णय भने गरेन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS