IME Life New

बीमकले इमान्दार भएर काम गर्नुपर्छः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले नविनतम् प्रविधिमा लगानी बढाउने र कार्यक्षेत्र विस्तार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

Esewa
Crest

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुप-यो, स्थानीय बीमा सर्भेयरलाई काम दिनुप¥यो, घटना जहाँ हुन्छ त्यहाँ नै कारवाही हुने र त्यसमा जोखिमाङ्कन गर्ने व्यक्ति र कार्यालय प्रमुख जिम्मेवार हुने भएकाले इमान्दारीपूर्वक काम गर्नुप-यो ।”

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिए।

कार्यक्रममा सहभागीहरूले जुन प्रदेशमा उद्योग व्यवसाय छन् तिनको त्यही प्रदेशका बीमा कम्पनीबाट नै बीमा गराउनुपर्ने व्यवस्था हुनुपर्ने, केन्द्रमा मात्र नभई प्रदेशमा पनि तालिम आयोजना गर्नुपर्ने, प्रदेश तथा शाखा कार्यालयमा पर्याप्त कर्मचारीको व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

यसैगरी, उनीहरूले लघुबीमा कम्पनीले गर्ने बीमा पनि ठूला बीमा कम्पनीहरूले गर्ने गरेको, सम्पत्ति बीमामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको र सर्वसाधारणलाई बीमाका बारेमा बुझाउन नसकिएको विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS