IME Life New

बीमकलाई दाबी फर्छ्यौट कार्यविधि अनिवार्य, भुक्तानी उपसमिति पनि गठन गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमकहरुले दाबी फर्छ्यौट कार्यविधि अनिवार्य रुपमा बनाएर लागू गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गर्दै यस्तो व्यवस्था अनिवार्य गरेको हो।

मार्गदर्शनमा भएको व्यवस्थाअनुसार अब बीमक यो मार्गदर्शनको अधीनमा रही दाबी फर्छ्यौट कार्यविधि बनाई लागू गर्नुपर्नेछ। बीमकले दाबी भुक्तानीको त्रैमासिक विवरण प्रत्येक ३ महिना समाप्त भएको मितिले १५ दिनभित्र तोकिएको अनुसूचीबमोजिमको ढाँचामा बीमा प्राधिकरणसमक्ष बुझाउनुपर्नेछ।

Esewa
Crest

यसैगरी बीमकले दाबी भुक्तानी गर्ने अधिकार बीमकको सञ्चालक समितिले तोकिएकोबमोजिम हुनेछ। बीमकले गर्ने दाबी भुक्तानीसम्बन्धी कामकारबाहीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सञ्चालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्नुपर्नेछ। बीमकले दाबी भुक्तानीसम्बन्धी अधिकार आवश्यकताअनुसार प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयहरुलाई प्रत्यायोजन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

मार्गदर्शनमा बीमा दाबी भुक्तानी गरिने रकम उल्लेख गरी बीमा दाबी प्राप्त गर्ने व्यक्तिको नाममा दाबी फर्छ्यौट पुर्जा (डिस्चार्ज भौचर) पनि जारी गर्नुपर्नेछ। बीमकले दाबी रकम भुक्तानी गर्नुअघि बीमित वा दाबीकर्ताबाट आवश्यकताअनुसार पूर्ण तथा अन्तिम दायित्व भुक्तानी गरेको भर्पाइ (दाबी फर्छ्यौट) पुर्जा लिनुपर्नेछ। दाबीबापत अग्रिम भुक्तानी गर्दासमेत सोही व्यहोरा खुलाई दाबी फर्छ्यौट पुर्जा जारी गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS