IME Life New

बीमकको सबै कार्यालयमा अब दाबी प्रक्रिया सम्बन्धी जानकारी सूचनापाटीमा टाँस गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब दाबीसम्बन्धी सम्पूर्ण प्रक्रियाबारे जानकारी गर्न बीमकहरुको प्रत्येक कार्यालयको सूचनापाटीमा अनिवार्य रुपमा टाँस गर्नुपर्ने भएको छ। यसका साथै बीमकको वेबसाइटमा पनि अनिवार्य रुपमा राख्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। मार्गदर्शनमा भएको व्यवस्थाबमोजिम अब सबै बीमकले आफ्ना वेबसाइटका साथै प्रत्येक कार्यालयको सूचनापाटीमा बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया र त्यसका लागि आवश्यक कागजपत्रबारे जानकारी दिर्नुपर्नेछ।

Esewa
Crest

यसैगरी बीमकले दाबीकर्तासँग दाबी भुक्तानीसम्बन्धी कागजात माग गर्दा सम्भव भएसम्म एकैपटक माग गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमार्फत गरिएको छ। दाबीसम्बन्धी माग गर्दा लिखित रुपमा माग्नुपर्नेछ।

माग गरेको कागजात प्राप्त नभएका आधारमा मात्र बीमकले दाबीसम्बन्धी प्रक्रिया रोक्न नपाउने व्यवस्था मार्गदर्शनमा गरिएको छ। कुनै कागजातको अभावमा दाबीसम्बन्धी निर्णय गर्न नसकिने भएमा सोको लिखित जानकारी दाबीकर्तालाई दिनुपर्ने निर्देशन बीमा प्राधिकरणले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS