IME Life New

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ जारी, संस्थापक शेयर कारोबारका लागि थप नीतिगत स्पष्टता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । बीमा कम्पनीको संस्थापक शेयर कारोबारका लागि सामान्य निर्देशन मात्रै रहेकोमा समितिले निर्देशिका जारी गरेको हो । यस निर्देशिकामा बीमा कम्पनीहरुको संस्थापक शेयर कारोबारका लागि रहदै आएका निर्देशन तथा नियमलाई स्पष्ट पारिएको समितिका कानुन तथा नियमन विभागका निर्देशक दिनेश कुमार लालले जानकारी दिए ।

एक संस्थापकले अर्को संस्थापकलाई चुक्ता पूँजीको १ प्रतिशत भन्दा कम शेयर खरिद बिक्रीको अवस्थामा बीमा समिति सँग स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ । कानुन बमोजिम रितपुर्व भएको यस्तो कारोबारको विवरण १५ दिन भित्रमा बीमा समितिलाई जानकारी भने गराउनु पर्छ ।

Esewa
Crest

तर बिक्री कर्ताको शेयर एक प्रतिशत भन्दा बढि रहेको वा खरिद कर्ताको खरिद पस्चात एक प्रतिशत भन्दा बढि हुने अवस्थामा भने बीमा समितिबाट पुर्व स्वीकृति लिनु पर्नेछ । चुक्ता पूँजीको एक प्रतिशत भन्दा बढि संस्थापक शेयर धारण गरेको अवस्थामा त्यस्तो शेयर टुक्रा टुक्रा गरि वा एकमुष्ठ रुपमा संस्थापक समुहमा नरहेको व्यक्तिलाई शेयर बिक्री वा नामसारी वा हस्तान्तरण गर्न समितिको स्वीकृति लिनु पर्ने छ ।

घरायसी नामसारी, पारिवारिक अंशबण्डा तथा मृत्यु पछिको नामसारीको हकमा पनि एक प्रतिशत भन्दा कम शेयर कारोबार हुँदा समितिको स्वीकृति लिनु पर्दैन तर एक प्रतिशत भन्दा माथिको हकमा भने समितिको पुर्व स्वीकृति लिनु पर्नेछ ।

संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तनका लागि ५ वर्षको लकिङ परियड तोकिएको छ । बीमा व्यवसाय सञ्चालन गर्न ईजाजत प्राप्त गरेको मितिले ५ वर्ष पूरा भएको हुन पर्छ । साथै शेयर संरचना संस्थापक तर्फत ५१ प्रतिशत भन्दा घटाउन नपाउने भनिएको छ । यस्तो कुरा निर्देशनमा रहेता पनि यसलाई पहिलो पटक निर्देशिकामै समावेश गरिएको हो । शेयर संचरना परिवर्तन गर्नु परेको खण्डमा बीमा समितिबाट स्वीकृति लिनु पर्छ ।

यसरी शेयर संचरना परिवर्तन गर्नु परेमा एक आर्थिक वर्षमा १० प्रतिशत विन्दुसम्म मात्रै पाइने व्यवस्था गरिएको छ । अवदेखि संस्थापक शेयर वर्षमा एक पटक त्यो पनि १० प्रतिशत विन्दु भन्दा धेरैले परिवर्तन गर्न पाइदैन । एक पटक सर्वसाधारण समुहमा परिवर्तन गरिएको शेयरलाई पुन संस्थापक समुहमा परिणत गर्न पाइने छैन ।

एक प्रतिशत भन्दा धेरै संस्थापक शेयर पूँजी भएका शेयरधनीले शेयरधितो बन्धक राखेर कर्जा लिनु परेमा बीमा समितिबाट स्वीकृति लिनु पर्ने भएको छ । त्यसमा पनि संस्थापक शेयरधनीहरुले आफु सँग भएको शेयर मध्ये ५० प्रतिशत मात्रै शेयर धितोमा राखेर कर्जा लिन पाउने छन् । यस्तो कर्जा एक वर्ष भन्दा बढि अवधिको लागि लिन पाइने छैन । तर कर्जा नविकरण गर्न भने बाधा पर्ने छैन ।

संस्थापक शेयर धितोबन्धक राखी एक पटक लिएको कर्जाको पुनर्मूल्याङ्कन, पुनर्संचरना तथा पुनर्तालिकीकरण गराउन पाउने छैन । संस्थापक समूहका शेयरधनीले तोकिएको अवधिमा ऋण चुक्ता नगरी कालोसूचीमा परेको अवस्थामा सो को जानकारी १५ दिन भित्र कम्पनीले बीमा समितिलाई दिनु पर्ने व्यवस्था गरिएको छ । संस्थापक समूहका शेयरधनीले शेयर धितोमा राखी ऋण लिएको विवरण बीमकले आफ्नो वित्तीय विवरणमा उल्लेख गर्नु पर्ने छ।

नविकेको संस्थापक समुहको हकप्रद शेयर सुरुमा कायम संस्थापकहरुलाई नै बिक्री गर्नु पर्नेछ । यदि कायम संस्थापकहरुले खरिद नगरेको खण्डमा मात्रै बोलकबोल मार्फत बिक्री गर्न सकिनेछ ।

संस्थापक शेयरमा लगानी गर्दा नेपाल सरकारको निर्णयबाट हुनेमा बाहेक कुनै व्यक्ति एकाघर परिवार समूह वा संगठित संस्थाले कुनै एक बीमिकको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढिमा एक प्रतिशत भन्दा घटी मात्रै लगानी गर्न सकिनेछ । तर नेपाल सरकारको ५० प्रतिशत वा सो भन्दा बढि स्वामित्व भएका वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाको हकमा समितिको स्वीकृति लिई बढिमा २५ प्रतिशतसम्म एक भन्दा बढि बीमा कम्पनीमा संस्थापक शेयर लगानी गर्न बाधा पुगेको मानिने छैन । यस निर्देशिकाले संस्थापक शेयर कारोबारका लागि थप स्पष्ट प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS