IME Life New

बीमकको लाभांशमा कडाइ, सोल्भेन्सी अनुपात न्यून भए नयाँ बीमालेख पनि जारी गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको जोखिममा आधारित पुँजी र सोल्भेन्सी अनुपातमा कठोर नीति ल्याएको छ।

प्राधिकरणले परिमार्जित जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी निर्देशिका, २०८१ जारी गर्दै यस्तो कठोर नीति ल्याएको हो। यसअघिको जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी निर्देशिका प्राधिकरणले खारेज गर्दै नयाँ व्यवस्था गरेको हो।

Esewa
Crest

नयाँ निर्देशिकाबमोजिम बीमकको सोल्भेन्सी अनुपात तोकिएको नियामकीय प्रावधानबमोजिम न्यून भएको खण्डमा प्राधिकरणले हस्तक्षेप गर्दै नगद लाभांश वितरणर शेयरधनीहरुलाई अन्य भुक्तानीमा रोक लगाउन सक्ने व्यवस्था गरिएको छ।

यसैगरी सोल्भेन्सी अनुपात कम देखिएमा प्राधिकरणले बीमकलाई नयाँ बीमालेख जारी गर्न पनि प्रतिबन्ध लगाउने व्यवस्था निर्देशिकामा गरिएको छ। यो अवस्थामा नयाँ व्यापार गतिविधि र प्राप्तिमा बीमकलाई रोक लगाइनेछ।

जोखिममा आधारित पुँजी र सोल्भेन्सी अनुपात कायम गर्न बीमकले जोखिम घटाउने वा न्यूनीकरण गर्ने उपायहरु अपनाउनुपर्नेछ। त्यस्तै, लगानीको पुनर्संरचना र पुनर्बीमा रणनीति पनि बीमकले बनाउनुपर्नेछ।

नयाँ निर्देशिकाबमोजिम बीमकले प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली स्थापना गर्नुपर्नेछ। व्यक्तिगत र समग्र स्तरमा जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन र रिपोर्ट गर्न आवश्यक रणनीति, प्रक्रिया र रिपोर्टिङ प्रक्रिया समावेश गर्दै बीमकले आत्मनिर्भरता बढाउनुपर्नेछ।

यसैगरी बीमकले जोखिम व्यवस्थापन प्रणालीको कार्यान्वयनलाई सहज बनाउनका लागि संरचनागत रुपमा जोखिम व्यवस्थापन कार्य गर्नुपर्नेछ।

rbc directives

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS