IME Life New

बीमकको दाबी भुक्तानी क्षमताको रेटिङ नहुँदा बीमित अन्यौलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा कम्पनीले प्रचार वा तडकभडक गरेकै भरमा सर्वसाधारणले बीमक राम्रो भनेर पत्याउनुपर्ने बाध्यता छ। यसो हुनुको पछाडि बीमकको वास्तविक अवस्थाबारे अपर्याप्त जानकारी हो । सर्वसाधारणले बुझ्ने भाषा वा संकेतको आधारमा बीमकको वर्गिकरण हुन सकेको छैन।

नेपाली बीमा कम्पनीहरु विरुद्ध १८० वटा मुद्दा नियामक निकाय बीमा समितिमा विचाराधिन अवस्थामा रहेको छ। यो बाहेक निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा योजना अन्तर्गत करोडौँ रुपैयाँ दाबी भुक्तानी गरेका छैनन्। बीमितलाई बीमा गर्ने समयमा अनेक आश्वासन र प्रलोभन देखाएर बीमा योजना बिक्री गर्ने बीमकले बीमा दाबीको समयमा नानाथरी बहानाबाजी गरेर अड्काउने गरेको गुनासो बीमा समितिले संचालन गरिरहेको देशव्यापी अन्तरकृया कार्यक्रममा आम गुनासोको रुपमा आयो। बीमकले दाबी भुक्तानी नगरेको गुनासोमा अधिकांश निर्जीवन बीमकबारेको गुनासो रहेको छ।

Esewa
Crest

बीमा समितिले समेत विशेषगरी निर्जीवन बीमकलाई दाबी भुक्तानीबारे जानकारी माग गर्दै अनावश्यक ढिलासुस्ती गरेको भए कारवाही गर्ने सार्वजनिक घोषणा समेत गरेको छ। बीमकको दाबी भुक्तानी क्षमताबारे क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बीमकहरुको दाबी भुक्तानी क्षमताबारे रेटिङ सेवा शुरु गर्ने तयारी गरेको छ। यस्तो रेटिङले बीमकको विश्वसनीयताबारे निर्णय लिन बीमितलाई सहज हुनेछ। नेपालमा बीमकको दाबी भुक्तानी क्षमताबारे क्रेडिट रेटिङ हाल सम्म पनि प्रयोगमा छैन।

बीमा समितिबाट स्वीकृति लिएर यो सेवा शुरु गर्ने इक्राले जनाएको छ। बीमकको आधारभूत रणनीति, प्रतिस्पर्धि क्षमता, भावी नाफाको वर्तमान मूल्यबारे अध्ययन गर्ने उल्लेख छ। साथै बीमकको व्यवस्थापन, संगठनात्मक संरचना, स्वामित्व, अण्डरराइटिङ, जोखिम रणनीति अध्ययनमा समेट्नेछ।

यसबाहेक कम्पनीको नाफा दर,तरलता,संचालन तथा वित्तीय,पूँजीकोष पर्याप्तता, सम्पत्ति र दायीत्व व्यवस्थापन विधिबारे पनि रेटिङको क्रममा अनुसन्धान गरिने आइक्रा नेपालले जानकारी दिएको छ। रेटिङको माध्यमबाट बीमकको दाबी भुक्तानी क्षमताबारे वास्तविक अवस्था सार्वजनिक हुने भएपछि बीमा दाबीलाई सक्दो चाँडो पुरा गर्न र वित्तीय अवस्था सुधार्न दबाब पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS