IME Life New

बीमकको घरजग्गा खरिदमा कडाइ गर्दै बीमा प्राधिकरण, ल्याउँदैछ यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको घरजग्गा खरिदमा कडाइ गर्न नयाँ प्रावधान ल्याउन लागेको छ।

प्राधिकरण ‘बीमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशन, २०८१’ जारी गर्न लागेको हो। आज यो निर्देशनको मस्यौदा सार्वजनिक गर्दै प्राधिकरणले सरोकारवालाहरुबाट रायसुझाव माग गरेको छ। यो मस्यौदामा ७ दिनभित्र रायसुझाव पेस गर्न प्राधिकरणले आग्रह गरेको छ।

Esewa
Crest

बीमकको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन वञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १६६ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले यो निर्देशनको मस्यौदा तयार पारेको हो। यो निर्देशन तत्कालै लागू हुने प्राधिकरणले जनाएको छ।

अब बीमकले घरजग्गा खरिद वा निर्माण गर्नुपूर्व प्राधिकरणबाट सैद्धान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्नेछ। बीमकले घर निर्माण गर्दा निर्देशनको अनुसूची ४ वा ५ बमोजिम गणना गरिएको नेटवर्थको २ प्रतिशतभन्दा कम निर्माण लागत हुन गएमा प्राधिकरणको स्वीकृति भने लिनुपर्ने छैन।

त्यस्तै घरजग्गाबाहेकका अन्य स्थिर सम्पत्ति खरिद वा निर्माण गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने प्रावधान पनि प्रस्तावित निर्देशनमा रहेको छ।

अब बीमकले घरजग्गा खरिदको प्रयोजन पनि खुलाउनुपर्नेछ। बीमकले प्राधिकरणमा स्वीकृति लिँदा घरजग्गा खरिद कार्यालय प्रयोजनलाई हो कि व्यावसायिक प्रयोजनलाई हो वा कार्यालय तथा व्यावसायिक प्रयोजनलाई हो भनेर स्पष्ट खुलाउनुपर्नेछ।

बीमकको घरजग्गा खरिद कार्यालय प्रयोजन र कार्यालय तथा व्यावसायिक प्रयोजन दुवैका लागि भए यो निर्देशनको व्यवस्थाबमोजिम प्राधिकरणले स्वीकृति प्रदान गर्नेछ। कार्यालय तथा व्यावसायिक प्रयोजन दुवैका लागि घरजग्गा खरिद वा निर्माण स्वीकृति माग भएमा कार्यालय प्रयोजनका लागि प्रयोग हुने हिस्साको लागत र प्रतिशत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने लागत र हिस्सा खुलाई प्राधिकरणसमक्ष बीमकले निवेदन पेस गर्नुपर्नेछ।

यद्यपि, बीमकको घरजग्गा खरिद वा निर्माण व्यावसायिक प्रयोजनका लागिमात्र भए बीमकको लगानी निर्देशनबमोजि स्वीकृति प्रदान गरिने प्रावधान निर्देशनमा प्रस्ताव गरिएको छ।

nia directive

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS