IME Life New

बीमकका उच्च पदस्थ कर्मचारीको नियमित रुपमा हुँदैन ‘फिट एन्ड प्रोपर टेस्ट’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीमा संस्थागत सुशासन सुनिश्चित गर्न नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन, २०८० मार्फत बीमकलाई निर्देशित गरेको छ। बीमक र बीमकको कर्मचारीले गर्न हुने र नहुने कामबारे सुशासन निर्देशिकाले स्पष्ट पारेको छ।

सुशासन निर्देशिकाको दफा ४३ उपदफा २ मा बीमकले कार्यकारी प्रमुख, उपकार्यकारी प्रमुख र विभागीय प्रमुखको नियुक्ति प्रक्रिया सुरु गर्नुअघि र नियुक्तिपछि आवधिक रुपमा निज कानुनबमोजिम योग्य रहे वा नरहेको सम्बन्धमा उपयुक्तता परीक्षण गर्नुपर्ने प्रावधान छ। निर्देशिकामा समावेश आवधिक रुपमा भन्ने वाक्यांशले कति अवधिको अन्तरमा फिट एन्ड प्रोपर टेस्ट गर्ने भन्ने प्रस्ट छैन।

Esewa
Crest

नेपाल प्रहरीले जारी गर्ने चालचलन प्रमाणीकरण प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) को मान्य अवधि ६ महिनासम्मका लागि मात्र हुन्छ। यो आधारमा बीमकले ६ महिनाको अन्तरमा वर्षमा कम्तीमा दुईपटकसम्म उच्च पदस्थ पदाधिकारीको उपयुक्तता परीक्षण गर्नु उपयुक्त देखिन्छ। उच्च पदमा रहने भएकाले पदीय दुरुपयोग गरेर स्वार्थ बाझिने गतिविधिमा संलग्न हुन सक्ने, बीमकको हितविपरीतको गतिविधि, बैंक वा वित्तीय अपराधलगायतका कानुनले बर्जित गरेको गतिविधिमा संलग्न रहन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्राधिकरणले यस्तो प्रावधान समेटेको हो।

दफा ४३, बीमकको संस्थागत सुशासन निर्देशिका, २०८०प्राधिकरणले निर्देशिकामा नियमित रुपमा फिट एन्ड प्रोपर टेस्ट गर्नुपर्ने व्यवस्था गरे पनि यो विषय अधिकांश बीमकको प्राथमिकतामा पर्न सकेको छैन। प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको पूर्वस्वीकृतिका लागि फिट एन्ड प्रोपर टेस्टको प्रक्रिया पूरा गरे पनि अन्य पदमा नियुक्तिका लागि बीमकले यो प्रक्रिया कार्यान्वयनमा ल्याएको पाँइदैन।

आवधिक स्थलगत सुपरिवेक्षण वा गैरस्थलगत सुपरिवेक्षणका क्रममा समेत प्राधिकरणले यो विषयमा चासो राखेको देखिँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS