IME Life New

बीपी राजमार्ग पुनर्निर्माणमा सरकारको छैन चासो, बर्खामा बिजोग हुने लगभग पक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकालाई पूर्वी तराइसँग जोड्ने प्रमुख राजमार्गमध्येको बीपी राजमार्ग बाढीले क्षतिग्रस्त बनाएको झन्डै ३ महिना बितिसक्दा पनि सरकारले पुनर्निर्माणको काम सुरु गरेको छैन।

काभ्रेको रोशी खोलामा गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको भीषण बाढीका कारण राजमार्ग ध्वस्त बनेको छ। सुनकोशी नदीले पनि राजमार्गको ठाउँ–ठाउँमा संरचना क्षतिग्रस्त बनाएको छ। दसैँको मुखमा राजमार्ग ध्वस्त भएकाले अस्थायी डाइभर्सनमार्फत सरकारले यातायात खुलाए पनि बर्खामा कुनै पनि बेला पुनः राजमार्गमा ओछ्याइएको गिट्टी, ढुंगासहितको संरचना बगाएर लैजाने उच्च जोखिम छ।

Esewa
Crest

राजमार्ग पुनर्निर्माण अध्ययन समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र योजना आयोगमा प्रारम्भिक प्रतिवेदन पेस गरेको पनि १ महिना नाघिसकेको छ। राजमार्ग पुनर्निर्माण गर्न ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। काभ्रेको भकुन्डेबेसीदेखि नेपालथोकसम्म दुईलेनको सडक बनाउन सकिने गरी समितिले प्रतिवेदन पेस गरेको छ। सडक पुनर्निर्माण गर्न ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान समितिले गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार यो राजमार्गहुँदै दैनिक १० हजार सवारीसाधन गुड्ने गरेका छन्।

बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकारले जापानी सहयोग नियोग जाइकाको मुख ताकिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूतसँग राजमार्ग पुनर्निर्माणका लागि अनुरोध गरे पनि अझैसम्म जापानी पक्षबाट कुनै प्रतिबद्धता प्राप्त भएको छैन। सिन्धुलीदेखि काभ्रे जोड्ने यो राजमार्ग जापान सरकारले निर्माण गरिदिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS