IME Life New

बिराट गोल्ड कप फुटबलको प्रायोजकमा एनआइसी एशिया बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरेका हुन् ।

२०८० चैत्र १५ देखि २४ सम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गई रहेको उक्त प्रतियोगितामा संकटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ–११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी–११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता–११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन् ।

Esewa
Crest

कोशी प्रदेशमा रहेका नव खेलाडीहरुलाई हौसला प्रदान गर्ने हेतुले आयोजना हुन गइरहेको यस प्रतियोगिताका बिजेताले नगद रु ११ लाख, उपबिजेताले रु ५ लाख ५० हजार लगायत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट गोलरक्षकलाई जनही रु २१ हजार र उत्कृष्ट खेलाडीलाई रु २१ हजार प्रदान गरिनेछ ।

नेपाली जनमानसको मन/मनमा विशेष स्थान ओगटेको फुटबल खेललाई थप उचाइमा पु-याउन बैंकले गरेको यो सहकार्यले विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवद्र्धन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लालाहित युवा खेलाडीहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने बैंकको नारालाई चरितार्थ गर्न समेत खेल क्षेत्रसँगको सहकार्यले ठोस टेवा दिने समेत बैंकको विश्वास रहेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS