IME Life New

बिराटनगर यातायात कार्यालयमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले राख्यो होडिङ बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले बीमा सचेतना अभियान अन्तर्गत कोशी प्रदेशको बिराटनगर यातायात कार्यालयको मुख्य गेटमा बीमाको महत्त्व झल्काउने होडिङ बोर्ड स्थापना गरेको छ । साथै, यातायात कार्यलय विराटनगरको प्रमुख ज्यु लगायत कर्मचारीहरु सग सवारी साधनको नविकरण गर्नको लागि यसको आवश्यकताको अपरिहार्यता र यसको कार्यान्वयन सम्बन्धी एक आपसमा छलफल समेत गरिएको थियो ।

उक्त छलफलमा जीबन तथा निर्जीवन बीमाका प्रदेश प्रमुख लगायत,निप्सका प्रदाधिकारी र शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

Esewa
Crest

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको प्रमुख विनोद कुमार पोखरेल ज्युको प्रमुख सन्योजकत्वामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नेपालमा हुने निर्जीवन बीमा मध्ये मुख्य सवारीसाधनको नै हुने गरेको र यसको कार्यान्वयन पक्षको पहिलो खुड्किलोमा नै यातायात व्यवस्था कार्यालयले सवारीसाधनको नबिकरणमा अति आवश्यक बीमा सबै सवारीसाधन धनि र कर्मचारी समेतले बुझेमा बीमाको बिकास अझ बढ्ने थियो भन्ने प्रस्ट पारे ।

साथै, कोशी प्रदेश बीमा प्राधिकरण र यातायात व्यवस्था कार्यालय बीच समन्जस्यता स्थापित गरि सेवाग्राहीलाइ अझ बढि सेवा भरपर्दो दिन सकिने र यसका लागि प्राधिकरण जहिले पनि तत्पर रहेको स्पष्ट पारे ।

साथै, कोशी प्रदेशको मुख्य सहरी र पहाडी जिल्लाहरुमा समेत यस्ता बीमा को महत्व झल्काउने होडिङ बोर्ड राख्ने तयारी भइरहेको समेत जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS