IME Life New

बिदेशमा मृत्यु भएका मल्लका परिवारलाई सन नेपाल लाईफद्वारा १४ लाख भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा गरी बैदेशिक रोजगारीमा गई मृत्यु भएका दाङ्का एक मानिसको पीडित परिवारलाई मृत्यु बीमा दावी भुक्तानी बापत १४ लाख रुपैयाँ प्रदान गरेकोछ ।

सोमबार दाङको लमही उपशाखामै आयोजित कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालीकाका प्रमुख कुलबहादुर के.सीले मृतक शेर बहादुर मल्लकी श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।बैदेशिक रोजगारीमा गएका मल्लले २०७५ कात्तिक १४ गते ५ हजार ३३० रुपैयाँ प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । उनको कामको सिलसिलामा गत साउन २२ गते विदेशमा मृत्यु भएको थियो ।

Esewa
Crest

सोमबार आयोजित कार्यक्रममा मृतककी श्रीमती अस्मिता मल्लले रकम बुझेकी छिन् । उनका एक छोरा छन् । कार्यक्रममा दाङ शाखाका प्रमुख मोतिलाल भट्टराईसहितको उपस्थिति रहेको थियो । बीमा अभिकर्ता रेशम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा मेयर केसीले जीवन बीमा अपरिहार्य भएको बताउँदै गाउँ गाउँमा जनचेतना फैलाउनुपर्नेमा जोड दिए । साथै उनले बीमा बापत प्राप्त रकम बालबच्चाको उच्च शिक्षामा लगानी गर्नुको साथै राम्रो काममा लगाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS